१० भदौ २०७७
काभ्रे । बाख्रा चराउन जाँदा भिरबाट लडेर घाइते भइ उपचार गर्न नसकेका महाभारत गाउँपालिका वडा नं. ३ का वालक कान्छालाल योञ्जनलाई पूर्व मन्त्रीले आर्थिक सहयोग हस्तान्तरण गरेका छन् । आर्थिक अभावका कारण दोस्रो अप्रशन गर्न नसकेका सोलिगोप्टे निवासी योन्जनलाई लाप्साङ पाख्रीनले संकलन गरेको रकम पूर्व मन्त्री तथा नेकपाका केन्द्रिय सदस्य शेरबहादुर तामाङले हस्तान्तरण गरेका हुन् ।
पूर्व मन्त्री तामाङले पिडित बालकलाई ५५ हजार ५ सय रुपैयाँ हस्तान्तरण गरेका थिए । तामाङले योञ्जन उपचारत नेपाल नेशनल अस्पातलमा पुगेर उक्त रकम हस्तान्तरण गरेका हुन् ।
गत श्रवण २७ गते बाख्रा चराउन जाने क्रममा भिरबाट लडेर गम्भिर घाईते भएको उनलाई उपचारका लागि काठमाडौँ ल्याएको थियो ।
टाउको र खुट्टाको तिघ्रामा गहिरो चोट लागेपछि स्थानीय बान्सिन्दमार्फत उपचारका लागि जिल्ला अस्पताल ल्याइएको योन्जनलाई जिल्ला अस्पताल धुलिखेलले जिल्लामा कोरोना भाइरसको कारण उपचार गर्न नमिल्ने भन्दै काठमाडौँ वीर हस्पिटलमा रिफर गरिएको थियो । त्यहाँ आइसियु खाली नभए पछि हाल कलंकीमा उनको उपचार भइरहेको छ ।
घाइते योन्जनको टाउको र खुट्टाको अप्रेसन भइसकेको छ । तर अप्रेसन भए पनि ठिक नभएको कारणले फेरि अप्रेसन गर्नुपर्ने भए पछि आर्थिक समस्याको कारण उपचार हुन सकिरहेको थिएन । हाल विभिन्न व्यक्तिहरुबाट आर्थिक सहयोग गरिरहेको छ ।
सहयोगका लागी बिरामीका दाजु सम्पर्क नम्बर नं. ९८६६४४३२०४, ९८८००३०७०२ मा सम्पर्क गर्न सक्नुहुनेछ ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।