११ भदौ २०७७
धुलिखेल । काभ्रे जिल्लामा आज (विहिबार) एक वालिका सहित ४ जनामा कोरोना पुष्टि भएको छ ।
स्वास्थ्य कार्यालय, काभ्रेका प्रमुख डा. नरेन्द्रकुमार झाका अनुसार कोरोना पुष्टि भएका व्यक्तिहरु ४ स्थानीयत तहका रहेका छन् ।
कोरोना पुष्टि भएकाहरुमा बनेपा नगरपालिकाका ५३ वर्षीय एक पुरुष, तेमाल गाउँपालिका की ३७ वर्षीय एक महिला, पनौती नगरपालिकाकी वर्ष ३४ की एक महिला, धुलिखेल नगरपालिकाकी वर्ष ३ की १ बालिका रहेको डा. झाले जानकारी दिए ।
झाका अनुसार मंगलबार (हिजो) २१ जनामा कोरोना पुष्टि भएको थियो । मंगलबार पुष्टि भएकाहरुमा बनेपा नगरपालिका वडा नं. १३ बस्ने ६ महिला र ४ पुरुष, धुलिखेल नपा बस्ने १ पुरुष, स्पाइनल इन्जुरी अस्पताल परिवा ६ महिला र ६ पुरुष रहेको थियो ।
यस सँगै जिल्लाका हालसम्म संक्रमित संख्या १ सय ९० पुगेको छ । ६९ जना व्यक्तिहरु उपचार पश्चात निको भई डिस्चार्ज भइसकेका छन् । साथै २ जना व्यक्तिको मृत्यु भइसकेको छ भने १ सय १९ जना व्यक्ति विभिन्न अस्पतलाहरु तथा होम आइसोलेशनमा उपचाररत रहेको डा झाले जानकारी दिए ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।



















