१२ भदौ २०७७
धुलिखेल । काभ्रे जिल्लामा आजसम्मकै सबैभन्दा बढी कोरोना संक्रमित थपिएको छ । बनेपामा रहेको एक अस्पतालमा कार्यरत कर्मचारी २७ जना र विभिन्न स्थानीय तहमा २ जना गरी २९ जनामा कोरोना पुष्टि भएकोे हो ।
स्वास्थ्य कार्यालय, काभ्रेका प्रमुख डा. नरेन्द्रकुमार झाका अनुसार संक्रमितहरुमा स्पाइनल इन्जुरी अस्पताल, बनेपामा कार्यरत २० जना पुरुष र ७ जना महिला गरी २७ कर्मचारी, बनेपा नगरपालिका स्थित शिरमेमोरियल अस्पतालमा १ जना पुरुष व्यक्ति र भुम्लु गाउँपालिकाका १ जना पुरुष रहेका छन् ।
यससँगै जिल्लामा हालसम्ममा संक्रमित संख्या २१९ जना पुगेको छ । ८१ जना उपचार पश्चात निको भइ घर फर्किसकेका छन् भने १३६ जना व्यक्ति विभिन्न अस्पतालहरु तथा होम आइसोलेशनमा उपचाररत रहेका छन् । साथै २ जनाको मृत्यु भइसकेको छ ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।