१२ भदौ २०७७
धुलिखेल । कोरोना संक्रमित जिल्ला समन्वय समिति काभ्रेका प्रमुख उद्धव केसीले आफूहरुको स्वास्थ्य अवस्था ठीकै रहेको सार्वजनिक गरेका छन् । आज शुक्रबार प्रमुख केसीले सामाजिक सञ्जाल फेसबुकमा उक्त कुराको सार्वजनिक गरेका हुन् ।
उनले भाद्र २ देखि ४ गतेसम्म आफूसँग मिटीङ, भेटघाट आदिमा भेटिने माहानुभाबहरुलाई आफ्नो एकपटक कोरोना भाइरस चेकजाँच गर्न समेत अनुरोध गरेका छन् ।
भाद्र २ गते केसीको छिमेकी बनेपा १३ नं वडाका एकजनालाई कोरोना संक्रमण भएपछि उनको परिवारको कन्ट्याक ट्रेसीङ गरेको थियो । सोही क्रममा उनी लगायत परिवारका सदस्यहरुमा पनि कोरोनो लागेको पुष्टि भएको थियो । आफूहरु भदौ ४ गतेबाटै क्वारेन्टाइनमा बसेको बताइएको छ ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।





















