१२ भदौ २०७७
चौरीदेउराली । काभ्रे जिल्लाको चौंरीदेउराली गाउँपालिकाले पालिका भरि लकडाउन फेरि थप गरेको छ । गाउँपालिका अध्यक्ष दिननाथ गौतमले एक सूचना जारी गर्दै आगामी भदौ १७ गतेसम्मको लागि लकडाउनको म्याद थप गरेको जनाइएको छ ।
गाउँबासीको नाममा सम्बोधन गर्दै अध्यक्ष गौतमले आजसम्म गाउँपालिकामा कोरोना संक्रमित कोही पनि नभएकोले कोरोना भाइरस संक्रमण रोकथाम र नियन्त्रणणको लागि सुरक्षाका सबै उपायहरु अप्नाउन अनुरोध समेत गरेका छन् ।
‘घरपरिवार संचालन र खेतीपाती गरी यहाँ रहनुभएका तपाईंहरुका परिवारजनरु आजका मितिसम्म गाउँपालिका भरि कोही पनि संक्रमित भएका छैनन् । विश्वास छ, यस गाउँपालिकाबाट अन्यत्र रहनुभएका तपाईंहरु सबै सकुशल नै हुनुहुन्छ र तपाईंहरु सबैले सुरक्षित हुने सबै उपायहरु अवलम्बन गरिरहनुभएको छ ।’ गौतमले भनिएको छ, ‘अझै कति समयसम्म यो संक्रमणको अवस्था रहिरहने हो केही भन्न सकिने स्थिति छैन । तपाईंहरु जो जहाँ हुनुहुन्छ, नेपाल सरकार स्वास्थ्य तथा नजसंख्या मन्त्रालय र विश्व स्वास्थ्य संगठनले निर्देशित गरेका सुरक्षा विधि र प्रकृयाहरु पूर्णरुपमा पालना गर्दै घरबाट निस्कनुहुने छैन । ज्यान रहे भोलि अनेक गर्न सकिन्छ । ज्यानै रहेन भने केही पनि रहने छैन । त्यसकारण सम्पूर्ण गाउँपालिकावासी जनसमुदायको स्वास्थ्य हितको लागि गाउँपालिकाले आज १२ बजेरातिदेखि गाउँपालिकाका अत्यावाश्यक बाहेक सबै सेवाहरु बन्द गरी राखेकोमा थप ७ दिनका लागि निम्नानुसार गर्न गराउनुहुन सबैमा यो सूचना जारी गरिएको छ ।’
के गर्न पाउने, के गर्ने नपाउने ?
१. गाउँपालिकाबाट बाहिर रहनुहुने सबै जनसमुदाय सम्भव भएसम्म जहाँ हुनुहुन्छ, त्यही रहनुहोला । घरपरिवारमा आउन चाहनुहुन्छ भने कम्तिमा १४ दिन घरमै होम क्वारैन्टाइनमा रहने र छरछिमेक, गाउँघरमा कोही कसैसँग पनि घुलमिल तथा सम्पर्क नगरी सेल्फ क्वारैनटाइनमा रहनु होला ।
२. स्वास्थ्य सम्बन्धी समस्या तथा संक्रमणको केही लक्षणहरु देखा परे तुरन्तै नजिकैको स्वास्थ्य संस्थामा सम्पर्क गर्नुहोला ।
३. गाउँपालिका भित्रका सबै बजारहरु, पसल, होटल र व्यवसायहरु पूर्णरुपामा बन्द रहनेछन् । प्रत्येक दिन अत्यावश्यक पर्ने खाद्य सामाग्री वलागतका किराना पसलहरु बेलुकी ४ बजेदेखि ७ बजेसम्म मात्र खुल्ने र त्यसपछि बन्द रहने छन् ।
४. औषधी तथा भेटनरी पसलहरु चौवीसै घण्टा खुल्ला रहने छन् । सार्वजनिक तथा नीजि यातायता सेवा –विशेष गरी काठमाडौं उपत्यका र अन्य गाउँपालिकाबाट यहाँ र रामेछापसम्म जान) पूर्णरुपमा बन्द गरिएको छ ।
५. खाद्यान्न तथा निर्माण सामाग्री ओसारपसार गर्ने साधनलाई भने रोकिने छैन । तर यी साधनहरुले मानिस ओसारपसरा गरेको पाइएमा नियमानुसार कारबाही गरिनेछ ।
६. गाउँपालिकाको कार्यालय आन्तरिक हिसाबले सञ्चालन भई रहनेछ । जनसरोकारका अत्यावश्यक कार्यभन्दा बाहेक अन्य सेवाहरु बन्द रहनेछन् ।
७. यो सूचनालाई आधार मानी सबै वडाहरुले पनि थप सार्जजनिक सूचना प्रकाशित गर्न सकिनेछ । हाम्रो गाउँपालिका भित्र अहिलेसम्म कोही पनि संक्रमित भएको छेन । अब पनि संक्रमणलाई नभित्र्याउन र क्षति हुनबाट सबैलाई जोगाउन गाएँपाकिलाकाबासी सम्पूर्ण दाजुभाई, दिदीबहिनीहरुको सहयोग र सक्रियाताले मात्र सम्भव छ । विश्वास छ, सबैले आ–आफ्नो ठाउँबाट यो जिम्मेवारी बहन गर्नुहुनेछ ।

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।