१३ भदौ २०७७
नमोबुद्ध । काभ्रे जिल्लाको नमोबुद्ध नगरपालिकाको एकजना कर्मचारीमा कोरोना पुष्टि भएपछि उनी बसेको घर सिल गरिएको छ । शुक्रबार प्रमुख प्रशासकीय अधिकृत भोलाप्रसाद चापाईंले एक सूचना जारी गर्दै सिल गरिएको जानकारी दिएका हुन् ।
नगरपालिकामा कार्यरत वर्ष २८ का एकजना कर्मचारीको विहिबार टेकु अस्पतालबाट गरिएको स्वाव परिक्षणको रिजल्ट पोजिटिभ आएको प्रमुख प्रशासकीय अधिकृत चापागाईंले जानकारी दिएका छन् । चापागाईका अनुसार संक्रमित व्यक्तिलाई नगरपालिकाको आइसोलेसन कक्षमा भर्ना गरिएको छ ।
नमोबुद्ध नगरपालिका वडा नं. ७, भकुडण्डे स्थित उनी डेरागरी बसेका घर र सोको १ सय मिटर वरिपरिको क्षेत्र समेत सिल गरिएको सूचनामा उल्लेख छ । ‘अर्को सूचना प्राप्त नभएसम्मको लागि उक्त घरमा बसोबास गर्ने व्यक्तिहरु घरबाहिर ननिस्किनुहुन र अन्य व्यक्ति उक्त क्षेत्रमा प्रवेश नगर्नुहुन समेत अनुरोध गरिन्छ ।’ सूचनामा उल्लेख छ ।

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।





















