जब हाम्रो राजनीति सत्ता कमजोर हुदै गयो, हाम्रो ज्ञानहरु पनि जोखिममा पर्दै गयो । हामीलाई अहिले आन्दोलनको ज्ञान चाहिएको छ, मुक्ति र परिवर्तनको ज्ञान चाहिएको छ ।
टासी लामा तामाङ
तामाङ ज्ञानले संसारभरको तामाङहरु बीचमा एकता कायम गर्छ । हाम्रो पहिचान र अस्तित्व स्थापित गर्छ । जस्तो कि संसारको कुनै पनि कुनामा हामीले हाम्रो भाषाको अभ्यास गर्दा हामी बीच एकता कायम हुन्छ । भाषाको ज्ञानको अभ्यासले संसारभरको जुनसुकै कुनामा रहेपनि हामीलाई एक ठाउँमा ल्याइदिन्छ, भातृत्वको अनुभुति गराइदिन्छ ।
हामीले यदि संसारको कुनै भागमा हाम्रो साँस्कृतिक अभ्यास जस्तै ल्होछार मान्ने वा हाम्रो साँस्कृतिक परम्परागत ज्ञानलाई अभ्यास गर्ने क्रममा हामी बीचको एकता र भातृत्व कायम हुन्छ । त्यस कारणले अन्तर्राष्ट्रिय तामाङ परिषदले तामाङ अन्तर्राष्ट्रिय अभियान संचालन गर्दै गर्ने क्रममा तामाङ ज्ञानको अन्तर्राष्ट्रियकरण यो महत्वपूर्ण एजेण्डा हो ।
त्यसकारणले अन्तर्राष्ट्रिय तामाङ परिषदले ज्ञान महोत्सव र तामाङ ज्ञानलाई प्रवद्र्धन गर्ने विषय अन्तर्राष्ट्रिय तामाङ परिषदको असाध्यै महत्वपूर्ण एजेण्डा, सवाल र विषयहरु हुन भन्ने कुरा म यहाँ राख्न चहान्छु । यस अर्थमा म तपाईहरुलाई के जानकारी गराउन चहान्छु भने यस्तो प्रकारको कार्यक्रमको निम्ति अन्तर्राष्ट्रिय तामाङ परिषद ऐक्यवद्धता जनाउन चहान्छ र, सहयोग, समर्थन गर्न चहान्छ भन्ने कुरा पनि म यहाँ राख्न चहान्छु ।
आदणीय उपस्थित महानुभावहरु,
हामी यो तामाङ ज्ञानको अभ्यास गर्दै गर्दा अहिले तपाईहरुले यो जुन तामाङ ज्ञान महोत्सव आयोजना गर्दै हुनुहुन्छ यो ज्ञान महोत्सवको भव्य सफलताको निम्ति म तपाईहरुलाई हार्दिक कामना गर्न चहान्छु । यसले तामाङ समाजमा महत्वपूर्ण योगदान दिनेछ, तामाङ ज्ञान उत्पादन गर्ने, तामाङ ज्ञानको प्रवद्र्धन गर्ने सन्दर्भमा यस्ता कार्यक्रमले महत्वपूर्ण योगदान पुग्नेछ भन्ने कुरा म निवेदन गर्न चहान्छु ।
हामीले अभ्यास गर्दै गरेको ज्ञानहरु राज्यले जवरजस्त नष्ट गरि सिध्याउने काम भइरहेको छ । तथापी केही ज्ञानहरु जस्तो कि थाङका लेख्ने ज्ञानहरु, गलैचा बुन्ने ज्ञानहरु, हामीले हाम्रो खानपान, जीवन व्यवहार आदीको ज्ञानहरु एउटा त राज्य स्तरबाट त्यसलाई नष्ट गर्ने काम गरियो ।
उपस्थित महानुभावहरु,
तामाङ ज्ञानको कुरा गर्दा हाम्रा पुर्खाहरुले, म्हेम्हेहरुले हजारौं वर्ष नेपालको काठमाडौं वरिपरिको बसाई क्रममा हाम्रो विशाल ज्ञान र सभ्यताको विकास गरे । हाम्रा पुर्खाहरुले हाम्रा छुट्टै भाषा, संस्कृति, सभ्यता, सामाजिक मान्यता र विशाल ज्ञानको भण्डार विकास गरे । यसको प्रवद्र्धन गरे र अभ्यासहरु गर्दै आए । तर विस्तारै तामाङहरुको राजनीतिक सत्ताहरू विस्थापित हुने क्रममा आफ्नो मौलिक ज्ञानको पहुँच पनि जोखिममा पर्दैगयो, कमजोर हुँदै गयो । र, विस्तारै तामाङ ज्ञान र तामाङ सँस्कृति, तामाङ सभ्यता यो क्षेत्रबाट विस्थापित हुँदै जाने क्रम बढ्दै गयो ।
राजनीतिक सत्ताबाट हामी विस्तापित हुँदै जाँदा अहिले यो स्थिति देखा प¥यो । त्यसै कारणले हामीले हाम्रो ज्ञानहरुको खोजी, पुर्खाहरुले विकास गरेको विभिन्न सभ्यताहरुको खोजी, संस्कार संस्कृतिको खोजीको क्रममा अहिलेको यो कार्यक्रम हुँदैछ ।
जब हाम्रो राजनीतिक सत्ता कमजोर हुँदै गयो, हाम्रो ज्ञानहरु पनि जोखिममा पर्दै गयो । अहिले जो राजनीतिक सत्ता छ नेपालमा, संसारभरी, ती राजनीतिक सत्ताले हाम्रो ज्ञान प्रतिको दृष्टिकोण असाध्यै अपहेलित र अपमान पुर्बक अन्धविश्वास र असभ्य भनेर व्याख्या गरिने स्थिति अहिले छ । जस्तो कि हाम्रो बोन्बोहरु, लामाहरु, ताम्बाहरुले गर्ने अभ्यासलाई उहाँहरुले अन्धविश्वास भन्दै जाने एउटा हेया र अपमानको दृष्टिले हेर्ने स्थित अहिले छ ।
हाम्रा पुर्खाहरुले हाम्रा छुट्टै भाषा, संस्कृति, सभ्यता, सामाजिक मान्यता र विशाल ज्ञानको भण्डार विकास गरे । यसको प्रवद्र्धन गरे र अभ्यासहरु गर्दै आए । तर विस्तारै तामाङहरुको राजनीतिक सत्ताहरू विस्थापित हुने क्रममा आफ्नो मौलिक ज्ञानको पहुँच पनि जोखिममा पर्दैगयो, कमजोर हुँदै गयो । र, विस्तारै तामाङ ज्ञान र तामाङ सँस्कृति, तामाङ सभ्यता यो क्षेत्रबाट विस्थापित हुँदै जाने क्रम बढ्दै गयो ।
नेपालमा र संसारभरी नै त्यो स्थिति छ । उहाँहरुले आधुनिकताको नाममा हाम्रा पुर्खाएहरुले विकास गरेको ज्ञान र सभ्यता विर्सनु पर्छ र यो चाही अन्धविश्वास हो, यो एउटा असभ्य बिषय हो भनेर हामी माथी अत्याचार पूर्ण ढंगले व्याख्या गरेको स्थिति छ । त्यसलाई हामीले पार गर्नु पर्ने छ । त्यो स्थितिलाई हामीले चिर्नु पर्ने छ ।
एकातिर हामीले हाम्रो ज्ञान जुन जोखिममा परेको छ, हराउँदै गएको छ, त्यो ज्ञानको प्रवद्र्धन गर्नु पर्नेछ, खोजी गर्नु पर्ने छ र संरक्षण गर्नुपर्ने स्थिति छ भने त्यो सँगसँगै, हामी ती ज्ञानहरुको खोजी त गर्छाै तर संस्थागत चाही कसरी गर्ने ? जस्तो कि तपाईहरुले अहिले विभिन्न अन्तरक्रिया गर्नुहुन्छ, छलफल गर्नुहुन्छ, बहस गर्नुहुन्छ, प्राज्ञिक हिसाबले ज्ञानको अभ्यास गर्नुहुन्छ । तपाईहरुले त्यो क्रममा ज्ञानहरुको खोजीगरी, अनुन्धानगरी ज्ञानको भण्डार सिर्जना त गर्नुहोला तर यसको विकास, सम्बद्र्धन र दिगो हिसाबले यसलाई लागु गर्नका निम्ति कसरी संस्थागत गर्ने भन्ने विषयमा पनि तपाईहरु छलफल गर्नुहोला । मेरो विशेष अनुरोध छ ।
मानि लिउँ हामीले भाषाको सन्दर्भमा छलफल चलाउछौं, भाषाको विषयमा हामीले थुप्रै ज्ञानहरु संकलन गर्छौ तर त्यो संकलन गरेको ज्ञान र भाषाको विषयहरु यदि हाम्रो बालबालिकाले विद्यालयहरुमा पढ्न पाएन भने, हाम्रो जनजीवनमा प्रयोग गर्न पाएन भने, सरकारी काम कारबाहीमा लागु गर्न पाएन भने हामीले हाम्रो जीवनमा प्रयोग गर्न पाएन भने त्यसको महत्व नहुनसक्छ । त्यस कारणले तपाईहरुले ज्ञानको खोजी र प्रवद्र्धन सँगसँगै ज्ञानलाई संस्थागत कसरी गर्ने भन्ने ज्ञानको विषयमा पनि छलफल गर्नु होला ।
म ज्ञानको क्षेत्रको होइन । म एउटा अभियान्ताको रुपमा र एउटा आन्दोलनकर्मी भएको नाताले म तपाईंहरुलाई के अनुरोध गर्दछु भने तपाईहरुले हाम्रो सँस्कार सँस्कृति जो हराईरहेको छ, जो कमजोर रहेको छ, संकलन र त्यसको समृद्धि पार्ने संगसंगै यसलाई सस्थागत गर्ने विषय महत्वपूर्ण विषय हो । यसको निम्ति पनि ज्ञानको खोजी गरिदिनुहोला ।
हाम्रा लामा गुरुहरुले, बोन्बोहरुले, ताम्बाहरुले बर्षौं ज्ञानको अभ्यास गर्नुहुन्छ तथापी राज्यको नजरमा उ अज्ञानी नै हुन्छ, अशिक्षित नै हुन्छ । तामाङ ज्ञानलाई राज्यले मान्यता दिनेगरि संग्स्थागत गर्नु पर्दछ ।
म तपाईहरुलाई विशेष अनुरोध गर्दछु । त्यसकारणले हामीलाई अहिले आन्दोलनको ज्ञान चाहिएको छ, मुक्तिको ज्ञान चाहिएको छ किनकी हामी तामाङहरु मुक्त हुन परेको छ । हामी आन्दोलन गर्नु परेको छ र हाम्रो विषयलाई अहिले सरकारी स्तरमा सस्थागत गर्नु पर्ने हुन्छ । सरकारले त्यसलाई अपनत्व लिने गरि हामीले आन्दोलन गर्नुपर्ने हुन्छ । त्यसकारणले तपाईहरु समक्ष मेरो विशेष अनुरोध के छ भने हाम्रो ज्ञान, सीप, कलाहरुको खोजी सँगै यसलाई कसरी स्थापित गर्न सकिन्छ त्यसको आन्दोलनको ज्ञान, मुक्तिको ज्ञान र परिवर्तनको ज्ञान पनि सँगसँगै तपाईहरुले दिनु भयो भने हामी जस्तो आन्दोलनमा लागेका, अभियानमा लागेकाहरुका लागि विशेष बौद्धिक खुराक हुने थियो भन्ने कुरा पनि म यहाँ राख्न चहान्छु ।
आदरणीय उपस्थित महानुभावहरु,
म त्यति धेरै बोल्न चहान्न किनकी म यो क्षेत्रको व्यक्ति होइन यो कुरा अघि नै मैले भनिसके । हामीले अभ्यास गर्दै गरेको ज्ञानहरु राज्यले जवरजस्त नष्ट गरि सिध्याउने काम भइरहेको छ । तथापी केही ज्ञानहरु जस्तो कि थाङका लेख्ने ज्ञानहरु, गलैचा बुन्ने ज्ञानहरु, हामीले हाम्रो खानपान, जीवन व्यवहार आदीको ज्ञानहरु एउटा त राज्य स्तरबाट त्यसलाई नष्ट गर्ने काम गरियो । तथापी केही यस्ता ज्ञानहरु छन् जसलाई राज्यले चहादा चहादै पनि त्यो नष्ट भएन । किनकी यो चाहिं राज्य र सिङगो देश कै समृद्धि र पहिचानसँग जवरजस्त जोडिएर आएको हुनाले यी ज्ञानहरु लाई राज्यले नष्ट गर्न चहाँदाचहाँदै पनि अस्तित्वमा रहिरह्यो । थाङका र गलैचाले पर्यटन बिकाशमा ठूलो महत्व राख्दाछ त्यस कारणले राज्यले नचहाँनचहाँदै पनि व्यवहारमा त छ तर यो संस्थागत चाही भएको छैन ।
अहिले कुलपति ज्यू हुनुहुन्छ, उहाँले एकेडेमी मार्फत वा अरु विश्वविद्यालय मार्फत यसलाई कसरी मान्यता दिलाउने गर्नुहुन्छ ? जस्तो कि तामाङहरुले तिसौं वर्ष थाङका लेख्छन तर ऊ सधै राज्यको नजरमा अशिक्षित हुन्छ, अज्ञानी हुन्छ । हाम्रा लामा गुरुहरुले, बोन्बोहरुले, ताम्बाहरुले बर्षौं ज्ञानको अभ्यास गर्छ तथापी राज्यको नजरमा उ अज्ञानी नै हुन्छ, अशिक्षित नै हुन्छ । यस्तो सन्दर्भमा उहाँले हाम्रो ज्ञानलाई कसरी इनकोपरेट गर्नु भएको छ, हाम्रो चासो त्यता तिर जानु पर्ने हुन्छ । हाम्रो ज्ञानलाई राज्यले मान्यता दिने बिषय तामाङहरुको पहिचानको विषय मात्र होइन यसले समग्र तामाङहरुको आर्थिक, शैक्षिक, राजनैतिक क्षेत्रमा महत्वपूर्ण भुमिका खेल्नेछ ।
अन्तमा यो महोत्सव बास्तवमै तामाङ जनताको मुक्तिका निम्ति, तामाङ पहिचानको निम्ति महत्वपूर्ण खुटकिलोको रुपमा अगाडी बढोस यो महोत्सवले निरन्तरता पाओस । यस्तो किसिमको योगदान निरन्तर रहिरहोस भन्ने फेरी पनि शुभकामना दिन चहान्छु र महोत्सवको सफलताको शुभकामना ।
तामाङ ज्ञानको स्रोतहरु लामा, बोम्बो, ताम्बा, गान्बाहरु हुनुहुन्छ उहाँहरुलाई पनि यस्तो कार्यक्रममा समाबेश गराउने, उहाँहरुको कुरा पनि सुन्ने जसलाई हामी मौलिक ज्ञान भन्छौं । उहाँहरु यहाँ हुनुहुन्छ जस्तो मलाई लागिरहेको छैन । उहाँहरुको ज्ञान नै हाम्रो मैलिक ज्ञान हो भन्ने हिसाबले हामीले यसलाई अगाडी बढायौं भने हाम्रो मौलिक ज्ञानको प्रवद्धर्नन हुन्छ । अहिलेसम्म राज्यले जे भनेको छ मैले अघि नै भने ज्ञानी भनेको को हो भने जसले विश्वविद्यालय डिग्री हासिल गर्छ, जसले सरकारले दिएको सर्टिफिकेट प्राप्त गर्छ उहाँहरु मात्र ज्ञानी भनिरहेको सन्दर्भमा हामीले हाम्रो मौलिक ज्ञानहरु जो लुकिरहेको छ, राज्यले जबर्जस्त दबाएर राखेको छ ती ज्ञानहरुलाई प्रवद्र्धन गर्नका निम्ति, विकास गर्नका निम्ति र अगाडी ल्याउनका निम्ति उहाँहरुलाई पनि यस्तो कार्यक्रममा समाबेश गरौं र खोज अनुसन्धान गर्ने विषयहरुलाई अगाडी बढाउने हो भने त्यो महत्वपूर्ण हुनेछ भन्ने कुरा म यहाँ राख्न चहान्छु ।
(प्रस्तुत सामग्री २०७७ भदौ ६–८ गतेसम्म तीन दिन भर्च्युअल माध्यमबाट संचालित ‘पाँचौ तामाङ ज्ञान महोत्सव’को उद्घाटन सत्रमा अन्तर्राष्ट्रिय तामाङ परिषद्का वरिष्ठ उपाध्यक्ष टासी लामाले दिनुभएको शुभकामना मन्तव्यको संपादित अंश हो । –सम्पादक)
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।
















