१४ भदौ २०७७
धुलिखेल । काभ्रे जिल्लामा कोरोना भाईरस ९कोभिड–१९० को संक्रमण दिनप्रतिदिन बढीरहेको छ । समुदाय स्तरमा पुगीसकेको कोरोना संक्रमणको केन्द्र यतिखेर काभ्रेमा विभिन्न अस्पतालहरु बनीरहेको छ ।
पछिल्लो चरणमा संक्रमण संख्या ह्वात्तै बढेको छ भने धेरैको संख्यामा निको भएको अवस्था पनि छ । २ जनाको मृत्यु भइ नै सकेको छ ।
हालसम्म २ सय ५८ जनामा कोरोना सङ्क्रमण भएको कोभिड–१९ रोकथाम तथा नियन्त्रण कमाण्ड पोष्ट काभ्रेको सदस्य सचिव तथा स्वास्थ्य कार्यालय प्रमुख डा। नगेन्द्र कुमार झाले जानकारी दिएकाछ न् ।
जसमध्ये एक पुरुष र एक महिलाको मृत्यु भइसकेको छ भने ९३ जना संक्रमणमुक्त भईसकेका छन् । हाल १ सय ६३ जनाको विभिन्न अस्पताल लगायत आइसोलेसनमा उपचार भईरहेको छ ।
पछिल्ला केही दिनमा बनेपा नगरपालिका–१३ भैँसेपाटीस्थित स्पाइनल इन्जुरी अस्पतालमा सङ्क्रमितको संख्या बढिरहेको तथ्याङ्कले देखाएको छ । कूल कोरोना सङ्क्रमितमध्ये ४० दशमलव ३१ प्रतिशत उक्त अस्पतालमा मात्रै रहेको डा। झाले जानकारी दिए ।
शनिबार मात्रै थप ३६ मा सङ्क्रमण पुष्टि भएसँगै उक्त अस्पातालमा संक्रमित हुनेको संख्या १ सय ४ पुगेको छ । तीमध्ये ७२ अस्पतालमा उपचाररत बिरामी र बिरामी कुरुवा सङ्क्रमित छन् । यसबाहेक अस्पतालका २७ कर्मचारी, ११ प्रशिक्षक र अस्पतालको क्यान्टिनमा कार्यरत चार सङ्क्रमित भएको झाले बताए ।
यस्तै, अस्पतालको सम्पर्कमा रहेका १२ स्थानीयमा समेत सङ्क्रमण देखिएको उनले बताए ।
यसैगरी, धुलिखेल अस्पतालमा पनि पछिल्ला केही दिनमा उच्च संख्यामा सङ्क्रमण फैलिएको तथ्याङ्कले देखाएको छ । अस्पतालमा ३१ स्वास्थ्यकर्मी सङ्क्रमित भएका छन् । योसँगै जिल्लाका ५२ स्वास्थ्यकर्मीमा कोरोना सङ्क्रमण देखिएकोे छ ।
उक्त अस्पतालमा सङ्क्रमण नियन्त्रणका लागि शनिबारदेखि स्वास्थ्यकर्मीको एक टोली परिचालन गरिएको स्वास्थ्य प्रमुख झाले बताए ।

Comments

comments