१५ भदौ २०७७
काठमाडौं । संक्रमणको दर उच्च हुँदै गर्दा आइसोलेसन र क्‍वारेन्टाइनबाट संक्रमितहरु भाग्‍ने क्रम बढेको भन्दै सरकारले चिन्ता जनाएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतवार कोभिड-१९ बारे नियमित मिडिया ब्रिफिङमा संक्रमितहरु हराउने र भाग्‍ने क्रमले समुदाय अझै जोखिममा परेको जनाएको छ।
मन्त्रालयका प्रवक्ता प्राध्यापक डाक्टर जागेश्‍वर गौतमले संक्रमितहरुला भागेर नहिँड्न आग्रह गर्दै बरु उचित सुविधा नपुगेको भए मन्त्रालयमा गुनासो गर्न आग्रह गरेको छ।
ुएक संक्रमितले तीन हजार जनालाई संक्रमण सार्न सक्छन्। विश्‍व स्वास्थ्य संगठनले पनि यो कुराबारे बताइसकेको छु, उनले भने, ुत्यसैले सरकारको मापदण्ड अनुसार आफ्नो ठाउँमा बसौं। कुनै पनि व्यक्ति आइसोलेसन र क्‍वारेन्टाइनबाट भाग्‍नु भनेको अरुलाई कोरोना फैल्याउनु हो।ु
उनले क्‍वारेन्टाइन र आइसोलेसनमा सुधार नभए व्यवस्थापनसँग गुनासो गर्न आग्रह गरे। ुसंक्रमितले कहीँ नभागौं, व्यवस्थापनले पनि सुधार्ने पक्ष छ भने सुधारौँ। भाग्‍नु भन्दा आफूलाई चित्त नबुझैको कुरा भन्‍नुपर्छु, उनले भने, ुअस्पताल, आइसोलेसन वा क्‍वारेन्टाइनमा बस‍ने व्यक्ति अरुभन्दा झन् जिम्मेवार हुनुपर्छ। त्यसैले नभागौं, उचित सुविधा नभएमा सम्बन्धित व्यवस्थापन र मन्त्रालयमा गुनासो गरौं।ु
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।