१७ भदौ २०७७
काठमाडौं । देशभर कोरोनाभाइरसबाट मृत्यु हुनेको संख्या २५१ पुगेको छ । पछिल्लो २४ घण्टामा थप १२ जनाको मृत्यु भएसँगै मृतकको संख्या २५१ पुगेको हो ।
यसैगरी बितेको २४ घण्टामा देशभर ३२० महिला र ८०० पुरुष गरी ११२० जना कोरोना भाइरस संक्रमित थपिएका छन् । यस्तै हालसम्म देशभर कुल संक्रमितको संख्या ४१ हजार ६४९ पुगेको छ ।
यसैगरी आज काठमाडौं उपत्यकामा थप ३८८ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । यस्तै लसम्म देशभर कोरोना निको हुनेको कुल संख्या २३ हजार २९० पुगेको छ ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।