१७ भदौ २०७७
महाभारत । काभ्रे जिल्लाको महाभारत गाउँपालिकाका अध्यक्ष कान्छालाल जिम्बाले आर्थिक अभावका कारण थप उपचार गर्न नसकिरहेका एक वालकलाई आर्थि सहयोग हस्तान्तरण गरेका छन् । महाभारत गाउँपालिका–३ स्थित सोलिगोप्टेका कान्छालाल योन्जनलाई विभिन्न व्यक्तिहरुले संकलन गरेको रकम र आफ्नो तर्फबाट समेत आर्थिक सहयोग गरेका हुन् ।
अध्यक्ष जिम्बाले काठमाडौँस्थित रहेको नेपाल नेशनल अस्पातलमा पुगेर १ लाख १२ हजार ८ सय रुपैयाँ रकम हस्तान्तरण गरेका थिए ।
अध्यक्ष जिम्बाद्धारा हस्तान्तरण गरेको रकम रोजगारीको सिलसिलामा मलेसियामा रहेका राकेश भोलन र विजय थिङको पहलमा १ लाख २ हजार ८ सय संकलन गरेका थिए । त्यस्तै अध्यक्ष जिम्बाले पनि आफ्नो तर्फबाट ५ हजार रुपैयाँ र महाभारत कन्ट्रक्सनतर्फबाट सुजन लामा र तस्वीर योञ्जनले संंयुक्त रुपमा ५ हजार रुपैयाँ सहयोग गरेका थिए ।
एकमुष्ट १ लाख १२ हजार ८ सय रुपैयाँ रकम बिरामीको दाजुलाई हस्तान्तरण गरिएको थियो ।

सहयोग रकम हस्तान्तरण गर्न अस्पताल पुगेका अध्यक्ष जिम्बाले बिरामीको उपचारमा आर्थिक सहयोगको लागि पहल तथा सहयोग गर्ने सम्पुर्णलाई धन्यवाद दिदै बिरामी योञ्जनको शिघ्र स्वास्थ्य लाभ कामना समेत गरेको थियो । त्यस्तै अध्यक्ष जिम्बाले गाउँपालिका तथा अफ्नो व्यक्तिगत रुपमा गर्न सक्ने र गर्नु पर्ने साथ तथा सहयोग आगामी दिनमा पनि निरन्तर रहने प्रतिबद्धता व्यक्त गरे ।
गत श्रवण २७ गते बाख्रा चराउन जाने क्रममा भीरबाट लडेर गम्भीर घाईते भएको उनको काठमाडौँस्थित अस्पतालमा उपचारर्थ छ । टाउको र खुट्टाको तिघ्रामा गहिरो चोट लागेपछि स्थानीय बान्सिन्दमार्फत उपचारका लागि जिल्ला अस्पताल ल्याइएको योन्जनलाई जिल्ला अस्पताल धुलिखेलले जिल्लामा कोरोना भाइरसको कारण उपचार गर्न नसकिने बताएपछि काठमाडौँ वीर हस्पिटलमा रिफर गरिएको थियो । तर त्यहाँ आइसियु खाली नभएपछि वीर अस्पतालबाट पनि कलंकीको नेपाल नशनल अस्पतालमा रेफर गरेको थियो ।
घाइते योन्जनको टाउको र खुट्टाको अप्रेसन भए पनि पुर्ण रुपमा ठिक नभएको कारण पुनः फेरि अप्रेसन गर्नुपर्ने भए पछि आर्थिक समस्याको कारण उपचार हुन सकिरहेको थिएन । हाल उपचारको लागि सहयोग रकम जुटिरहेका बताइएको छ ।
रकम हस्तान्तरण गर्न अध्यक्ष जिम्बासँगै समाजसेवी तथा युवा नेता सुजन लामा, अमृत योञ्जन, तस्वीर मोक्तान, रिजन मगर लगायतको अस्पताल पुगेका थिए ।
वालक योञ्जनको सहयोगका लागि बिरामीका दाजु सम्पर्क नम्बर (९८६६४४३२०४,९८८०० मा सम्पर्क गर्न सक्नु हुनेछ ।
सहयोग गर्ने महानुभवहरुको विवरणः


समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।





















