१८ भदौ २०७७
नमोबुद्ध । काभ्रे जिल्लको नमोबुद्ध नगरपालिकामा जेठाजुले बुहारीको हत्या गरेका छन् । वडा नं. ८, अधिकारी थोकमा आज विहान ६ः३० बजे जेठाजुले बञ्चरो प्रहार गरी बुहारीको हत्या गरको वडा अध्यक्ष शेरबहादुर तामाङले जानकारी दिए ।
वडा अध्यक्ष तामाङका अनुसार अन्दाजी ३५ बर्षीय बुहारी रञ्जना तिमल्सिना अधिकारी माथि ४२ वर्षीय जेठाजु सुदर्शन अधिकारीले बञ्चरो प्रहार गरेपछि मृत्यु भएको थियो ।
स्थानीय डराउनेपोखरी स्वास्थ्यचौकमी कार्यालय सहायक पदमा कार्यर रहेकी थिइन् । बुधबार बेलुकासम्म पारिवारिक अंशको विषयलाई लिएर जेठाजु–बुहारी बाजेका थिए ।
तामाङका अनुसार हत्यामा संलग्न भएको आरोपमा जेठाजु अधिकारीलाई श्यामपाटी प्रहरी चौकीबाट खटेका प्रहरी टोलीले पक्राउ गरेको छ । उनका अनुसार थप अनुसन्धानका लागि जिल्ला प्र’हरी कार्यालय, काभ्रेका डिएसपी कुमार विक्रम थापाको टोली पनि घट्नास्थलमा पुगेको जनाइएको छ ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।