१९ भदौ २०७७
काठमाडौं । उपत्यकामा कोरोना भाइरस संक्रमण रोकथाम र नियन्त्रणकाले लागि भनेर निषेधाज्ञा जारी गरपनि संक्रमित संख्या भने व्हात्तै बढेको छ । उपत्यकामा निषेधाज्ञा जारी भएको १६ दिनमा मात्र ४६ सय ९८ जनामा संक्रमण पुष्टि भएको छ ।
कोरोना भाइरसको संक्रमण बढ्न थालेपछि सरकारले काठमाडौं उपत्यकामा भदौ ३ गते राति १२ बजेदेखि एक साताका लागि निषेधाज्ञा जारी गर्‍यो । त्यसपछि दुई पटक एक–एक साताका लागि निषेधाज्ञा थपिएको छ।
दोस्रो पटक भदौ १० गतेबाट १७ गतेसम्म गरिएको निषेधाज्ञा फेरि भदौ २४ गतेसम्मका लागि थपिएको छ। तर संक्रमण न्यूनीकरण गर्न भन्दै लगाइएको निषेधाज्ञामा हरेक दिन संक्रमितको संख्या भने बढिरहेको छ।
निषेधाज्ञा सुरु भएपछि यो १६ दिनको अवधिमा काठमाडौं उपत्यकामा ४ हजार ६ सय ९८ जनामा कोरोना संक्रमण देखिएको छ।
निषेधाज्ञा जारी भएको पहिलो साता भदौ १० गतेसम्म २ हजार ५७ जनामा संक्रमण देखिएको थियो। दोस्रो भदौ ११ देखि १८ गतेसम्म २ हजार ६ सय ४२ जनामा संक्रमण देखिएको छ।
भदौ ३ देखि १८ गतेसम्म काठमाडौं उपत्यकामा संक्रमणको अवस्था
भदौ ३– १५९
भदौ ४– २००
भदौ ५– १८२
भदौ ६– २१६
भदौ ७– १६६
भदौ ८– २२४
भदौ ९– २३२
भदौ १०– ३०१
भदौ ११– ३७७
भदौ १२– ४१५
भदौ १३– १८६
भदौ १४–४२९
भदौ १५– २९८
भदौ १६– ४८१
भदौ १७– ३८८
भदौ १८–४४५
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले भाइरस संक्रमणको साइकल २ देखि ३ साताको हुने भएकाले निषेधाज्ञामा बढेको नभई समय त्यस्तै परेको बताए।
उनले भने, ‘काठमाडौं उपत्यकामा घरघरमा कोरोना छ भनेरै हामीले निषेधाज्ञा बढाउन अनुरोध गरेका हौं। पहिलो कुरा त माइतीघर र बालुवाटारको भीड र जुलुसले नै कोरोना घरघरमा पुर्‍याइसकेको छ। त्यही कथा आज दोहोरिएको छ। त्यसैले धेरैलाई समस्यामा पार्छ।’
उनले ललितपुरमा आज मछिन्द्रनाथको जात्रामा निस्किएको भीडले पनि संक्रमण बढाउने बताए।

Comments

comments