१९ भदौ २०७७
धुलिखेल । काभ्रे जिल्लामा आज थप ५ जनामा कोरोना पुष्टि भएको छ । आज दिउँसो ५ जनामा पुष्टि भएको हो ।
स्वास्थ्य कार्यालय, काभ्रेका प्रमुख डा. नरेन्द्रकुमार झाका अनुसार थपिएको नयाँ संक्रमितमा धुलिखेल नगरपालिकाका १ जना पुरुष र १ जना महिला गरि २ जना, नमोबुद्ध नगरपालिकाका १ जना महिला, रोशी गाउँपालिकाका १ जना पुरुष र पाँचखाल नगरपालिकाका १ पुरुष छन् ।
यससँगै जिल्लामा हालसम्म कोरोना संक्रमण संख्या २९९ जना पुगेको छ । ११६ जना निको भएका छन् भने २ जनाको मृत्यु भइसकेको छ ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।