१९ भदौ २०७७
काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर १३ सय ५९ जना कोरोना भाइरसका संक्रमित बढेका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्राध्यापक डाक्टर जागेश्‍वर गौतमले यसबारेमा जानकारी हुन्।
उनले शुक्रबार भएको नियमित प्रेस ब्रिफिङका क्रममा यस्तो जानकारी दिएका हुन्। यससँगै हालसम्म नेपालमा संक्रमित हुनेहरूको कुल संख्या ४४ हजार २३६ पुगेको छ।
त्यस्तै, आज निको भएर घर फर्कनेहरूको संख्या १३ सय ५४ छ भने हालसम्म निको हुनेहरूको संख्या २५ हजार ५६१ छ। प्रवक्ता गौतमका अनुसार यो संख्याअनुसार निको हुनेहरूको प्रतिशत ५८ हो।
पछिल्लो २४ घण्टामा १३ हजार ६८० को पिसिआर परीक्षण गरिएको छ।
मंगलबार देशभर थप एक हजार ६९ जनामा कोरोना संक्रमण देखिएको थियो भने बुधबार ११ सय २० जना संक्रमित थपिएका थिए। त्यस्तै, बिहीबार १२ सय २८ जना संक्रमित थपिएका थिए। शुक्रबार थपिएको संक्रमितको संख्या हालसम्मको बढी हो।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।