२१ भदौ २०७७
बनेपा । काभ्रे जिल्लाका एक पत्रकार माथि एकजना शिक्षकले संघातिक हमला गरेर घाइते बनाएका छन् । राष्ट्रिय समाचार समितिमा कार्यरत पत्रकार राजाराम कार्की माथि सांघातिक हमला भएको हो ।
घरायसी कामका लागि हार्डवेयरमा सामान किन्न बनेपा बसपार्क स्थित एक हाडवेयरमा पुगेका कार्कीमाथि आक्रमण भएको बुझिएको छ ।
पत्रकार कार्की माथि आक्रमण गर्ने व्यक्ति सूर्यविनायक नगरपालिका वडा नं १० भक्तपुर घर भएका उद्धव कार्की रहेका छन. । उनी साँगा स्थित नेपाल प्रहरी विद्यालय नेपाली विषय पठाउने शिक्षक समेत रहेको बुझिएको छ ।

शिक्षक कार्कीले पछाडिबाट मोटरसाइकलको हेल्डमेटले हानेको बताइएको छ । पत्रकार कार्कीको टाउकोमा गम्भीर चोट लागेको छ । घाइते पत्रकार धुलिखेल अस्पतालमा उपचार पछि घर फर्केका छन् ।
यसैबीच नेपाल पत्रकार महासंघ काभ्रे शाखाले कार्की माथि भएको आक्रमणको विरोध गरेको छ । काभ्रे शाखाका अध्यक्ष मोतिराम तिमल्सिनाले एक प्रेश विज्ञप्ति जारी गर्दै विरोध गरेका हुन् । आक्रमणकारी कार्की माथि कडा भन्दा कडा कार्वाहीको महासंघले माग गरेको छ ।

त्यसैगरी प्रेस युनियन, काभ्रे शाखाले पनि एक प्रेस विज्ञप्ति जारी गर्दै पत्रकार कार्की माथि आक्रमण गर्नेलाई तत्काल पक्राउ गरी कानुनी कारबाही गर्न माग गरेको छ । युनियनका काभ्रे अध्यक्ष कपिल कोइरालाले जारी गरेको विज्ञप्तिमा पत्रकार कार्कीको ज्यानै मार्ने उद्देश्यले आक्रमण भएको भन्दै छानविन गरी दोषि उपर कारबाही गर्न भनिएको छ ।
यसैबीच आक्रमणकारी कार्कीले प्रहरीमा आत्मसमर्पण गरेको प्रहरीले जनाएको छ ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।