२१ भदौ २०७७
धुलिखेल । काभ्रे जिल्लाको पाँचखाल नगरपालिकामा रहेको नेपाली सेना शान्ति तालिम केन्द्रका ५ जना सेनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
प्राथमिक स्वास्थ्य केन्द्र पाँचखालका मेडिकल अधिकृत डा. अमन दत्तका अनुसार संक्रमितहरुमा ३८, ३४, ३४, ३५ र ३७ बर्षका पुरुष रहेका छन् ।
यस अघि नगरपालिकाले नेपाली सेनाका ६ जना, सशस्त्र प्रहरीका ६ जना र पाँचखाल नगरपालिका बडा नं १० बालुवाका पुरुषको कन्ट्याक ट्रेसिङमा परेका ७ जना गरी १९ जनाको चेकजाँच गरेको थियो । यस क्रममा नेपाली सेना शान्ति तालिम केन्द्रका ५ जनामा कोरोना संक्रमण पुष्टि भएको डा. दत्तले बताए ।
संक्रमितहरु तालिम गर्न आएका र क्वारेन्टाइनमा बसिरहेका शान्ति तालिम केन्द्र पाँचखाललले जनाएको छ ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।