२२ भदौ २०७७
काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफ्नो घरबेटीलाई कार्वाही गर्न कृषि तथा पशुपंछी मन्त्री घनश्याम भुषालाई आफैले अनुरोध गरेको बताएका छन् । मलको ठेक्का लिएर संझौता अनुसार मल ल्याउन नसकेपछि प्रचण्डको घरबेटी सारदा प्रसाद अधिकारीसँग आफ्नो नाम बारम्बार जोडेपछि जनता टिभीको एक अन्तरवार्तामा उक्त कुराको खुलासा गरेका हुन् ।
विभिन्न ठेक्का समयमा पूरा नगरेको र राम्रो काम नगरेको कारण विवादमा तानिएका अधिकारीको ठेक्कासँग आफ्नै कुनै साइनो नभएको उनले प्रष्ट पारेका छन् ।
उनले घरबेटीले के लिन्छन् के गर्छन आफूलाई थाहा नभएको र नयाँ घर समेत खोज्न थालेको बताएका छन् ।
‘मैले अर्को घर खोज्न थालेको छु,’ अन्तर्वार्ता दिँदै प्रचण्डले भनेका छन्, ‘उनीसँग गोरु बेचेको साइनो पनि छैन ।’
उनले पछिल्लो मल विवादमा आफूले कृषिमन्त्रीलाई नै कारवाही गर्न अनुरोध गरेको पनि बताएका छन् ।
आईतबार कृषि मन्त्रालय अन्तर्गतको कृषि सामाग्री कम्पनी लिमिटेडले मल आपूर्तिको जिम्मा पाएर समयमै काम नगर्ने दुईवटा कम्पनी र तिनका सञ्चालक कारबाही गरेको छ ।
लिमिटेडले शारदाप्रसाद अधिकारीको शैलुङ इन्टरप्राइजेज र हुमनाथ कोइरालाको हानोका मल्टिप्रपोज पक्पनीसँगको ठेक्का सम्झौता रद्द गर्दै धरौटी समेत जफत गरेको छ ।

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।