२३ भदौ २०७७
धुलिखेल । काभ्रेमा आज (मंगलबार) १० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । आज पनि बनेपामा धेरै जनामा कोरोना संक्रमण देखिएको छ ।
स्वास्थ्य कार्यालय, काभ्रेका प्रमुख नरेन्द्रकुमार झाका अनुसार आज पुष्टि भएको संक्रमितहरुमा धुलिखेल नगरपालिकाका १ जना महिला, बनेपा नगरपालिका वडा नं. ८ का ८ जना पुरुष र बेथानचोक गाउँपालिकाका १ जना पुरुष रहेका छन् ।
यससँगै काभ्रेमा संक्रमित संख्या ३ सय ३४ पुगेको छ । जसमा महिला १ सय २२ जना र पुरुष २ सय १२ जना रहेका छन् । निको भैसकेका संख्या जम्मा १ सय ५९ रहेका छन् । जसमा महिला ५८ जना र पुरुष १ सय १ जना रहेका छन् ।
त्यसैगरि काभ्रेमा सक्रिय संक्रमित संख्या १ सय ७३ जना रहेका छन् । जसमा महिला ६३ जना र पुरुष १ सय १० जना रहेका छन् । सक्रिय संक्रमितहरु मध्य १ सय ४६ जना अस्पतालको आइसोलेशनमा र २७ जना होम आइसोलेशनमा रहेका छन् ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।