२५ भदौ २०७७
धुलिखेल । काभ्रे जिल्लामा आज ८ जनामा कोरोना पुष्टि भएको छ । स्वास्थ्य कार्यालय, काभ्रेका प्रमुख डा. नरेन्द्रकुमार झाका अनुसार सबैजना संक्रमित भुम्लु गाउँपालिकाका हुन् ।
यो सँगै जिल्लामा कोरोना संक्रमितको संख्या ३७६ पुगेको छ । जिल्लामा संक्रिय संक्रमित १८५ जना रहेका छन् । हालसम्म १८१ जना निको भएर घर फर्किएका छन् ।
जिल्लाको धुलिखेल नगरपालिकामा २४ र बनेपा नगरपालिका १३ जना आफ्नै घरको आइसोलेसनमा बसिरहेका छन् । हालसम्म धुलिखेलमा ५३ जना, बनेपामा १०१ जना, पनौतीमा ४ जना, पाँचखाल र नमोबुद्ध नगरपालिकामा दुई दुई जना संक्रिय संक्रमित रहेका छन् ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।



















