२५ भदौ २०७७
धुलिखेल । काभ्रे जिल्लामा रहेको धुलिखेल सामुदायिक अस्पतालका लागि सरकारले बजेट उपलब्ध गराएको छ । कोरोना भाइरस संक्रमितको उपचारको लागि भन्दै सरकारले उक्त बजेटको व्यवस्था गरेको हो ।
सरकारले अस्पताललाई २ करोड ८३ लाख बजेट दिने निर्णय भएको धुलिखेल नगरपालिका प्रमुख अशोक व्याञ्जुले जानकारी दिए । कोरोना संक्रमितहरुको उपचार गर्दै आएको अस्पतालको सेवालाई थप मजबुद बनाउन नेपाल सरकारको आर्थिक सहयोग गरेको नगर प्रमुख ब्यान्जुले बताए ।
‘उक्त रकमबाट ५ वटा भेन्टिलेटर २० आइसियू बेड स्थापना गरिनेछ । त्यस्तै कोभिड ब्यबस्थापनमा समेत उक्त रकम खर्च गरिने छ ।’ ब्याञ्जुले जानकारी दिए ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।