२५ भदौ २०७७
रोशी । काभ्रे जिल्ला रोशी गाउँपालिकाका अध्यक्ष तथा नेपाली काँग्रेसका महाधिवेशन प्रतिनिधि डिबी लामाले आफू डन नभएको बताएका छन् । एक सञ्चारमाध्यमले आफूलाई ‘डन’को आरोप लगाएपछि एक प्रेस विज्ञप्ति जारी गर्दै उक्त कुरा बताएका हुन् ।
गाउँपालिका अध्यक्ष मोक्तानले विज्ञप्तिमा आफुलाई कुन आधारमा ‘डन’को उपनाम दिईएको हो, त्यसलाई प्रमाणित गरेर देखाउन चुनौती दिएका छन् ।
‘साविकको १४ अञ्चल ७५ जिल्ला, हाल ७ प्रदेश ७७ जिल्ला भरी रहेको कुनै अड्डा अदालत, प्रहरी कार्यलयमा उजुरी परेको वा परेर पनि सजाय भुक्तान गरेको वा म द्वारा पिडित कोहि एक जना मात्र पनि भेट्टाईदिन म सो मिडियालाई खुल्ला चुनौती दिन चचाहन्छु ।’ विज्ञप्तिमा लामाको प्रश्न छ, ‘यस किसिमको समाचारमा अपराधिक क्रियाकलापमा संलग्न डन जस्ता शब्दहरु बिना प्रमाण लेख्ने अधिकार पत्रकारलाई हुन्छ ?’
विज्ञप्तिमा आफु पार्टीको महाधिवेशन भन्दा पनि जनप्रतिनिधि भएकाले जनताको सेवामा प्राथमिकताको साथ लागेको बताएका छन् । ‘आजसम्म न कोहिसँग भिडन्त गरे र भोली पनि कोहि सँग त्यस्तो व्यवहार गर्ने नै छौं ।’ उनले विज्ञप्तिमा भनेको छन्, ‘विगत ३ वर्ष देखि रोशीका जनताको अपार मायामा कार्य सम्पादन गरिरहेको छु । यस किसिमको विगत पृष्ठभूमि न थियो न हुने नै छ ।’
नेपाली काँग्रेस काभ्रेको जिल्ला अधिवेशनको लागि पार्टी नेता र कार्यकर्ताहरु जुटीरहेको बेला काँग्रेस भित्र चरम अन्तरविरोध भने रहेको छ । अध्यक्ष लामालाई काँग्रेस भित्रै गुट परिवर्तन गरेको आरोप भने लागेको छ ।
‘वन साङलोले घर साङलोलाई लखेटेको छ ।’ काँग्रेसका एक नेताले भने, ‘तिर्थ लामा र गणेश लामा दुवै वन साङलो हुन् ।’ काँग्रेस नेताद्वय लामाले पुरानो त्यागी काँग्रेस कार्यकर्ता तथा नेताहरुलाई भन्दा पनि नयाँ नयाँलाई प्राथमिकतामा राखेर क्रियाशिल सदस्यता बाँडेको आरोप छ ।
यद्यपी काभ्रेमा नेताद्वय तिर्थ र गणेशकै भिडन्त हुने चर्चामा छ ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।