२५ भदौ २०७७
तेमाल । काभ्रे जिल्लाको तेमाल गाउँपालिकाले शुक्रबार (भदौ २६ गते) देखि सबै सेवा प्रवाह गर्ने निर्णय गरेको छ । कोरोना भाइरस संक्रमण रोकथाम र नियन्त्रणको लागि भन्दै गत भदौ ५ गतेदेखि अनिश्चितकालसम्मका लागि अत्यावश्यक बाहेक सबै सेवा बन्द गरेको थियो ।
गाउँपालिका अध्यक्ष सलामसिं तामाङले एक सूचना जारी गर्दै सेवा प्रावह पूर्ववत रुपमा हुने बताएका हुन् । विश्वव्यापी महामारीको रुपमा फैलिई रहेको कोरोना भाइरस (कोभिड–१९) रोगको संक्रमण नियन्त्रणको सन्दर्भमा तेमाल गाउँकार्यपालिकाको कार्यालय र वडा कार्यालयहरुबाट प्रवाह हुँदै आएका अत्यावश्यक वाहेकका सेवाहरु मिति २०७७।०५।०५ देखि लागु हुने गरी स्थागित गरिएकोमा यहि मिति २०७७।०५।२६ देखि लागु हुने गरी गाउँकार्यपालिकाको कार्यालय र वडा कार्यालयहरुबाट पूर्ववत् रुपमा सम्पूर्ण सेवाहरु स्वास्थ्य सुरक्षा सम्बन्धि सुरक्षा मापदण्ड पालना गर्दै प्रवाह हुने व्यहोरा सम्बन्धित सबैको जानकारीको लागि अनुरोध गरिएको छ ।’ तामाङले जारी गरेको सूचनामा भनिएको छ ।
पालना गर्नुपर्ने नियमहरु
१. कर्मचारीहरुले कार्यालयमा उपस्थित भई सेवा प्रवाह गर्दा अनिवार्य रुपमा मास्क लगाउनुपर्ने र एक अर्काको विचमा सामाजिक दूरी कायम गर्नुपर्ने ।
२. सेवाग्राहीहरु कार्यालयमा आउँदा अनिवार्य रुपमा मास्क लगाएर आउनुपर्ने र एक अर्काको विचमा समाजिक दूरी कायम गर्नुपर्ने ।
३. कार्यालयमा अनावश्यक रुपमा भिडभाड नहोस् भन्ने उद्देश्यले सम्बन्धित व्यक्तिहरुलाई कार्यालय प्रवेश गर्न नदिईने ।

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।





















