२६ भदौ २०७७
धुलिखेल । काभ्रे जिल्लामा आज ३ जनामा मात्र कोरोना पुष्टि भएको छ । यससँगै काभ्रेमा संक्रमित संख्या घट्दो क्रममा रहेको छ ।
स्वास्थ्य कार्यालय, काभ्रेका प्रमुख डा. नरेन्द्रकुमार झाका अनुसार संक्रमितहरु ३ स्थानीय तहका रहेका छन् । संक्रमितहरु धुलिखेल नगरपालिकाका १ जना पुरुष, बनेपा नगरपालिकाका १ जना पुरुष र मण्डनदेउपुर नगरपालिकाका १ जना पुरुष रहेको झाले जानकारी दिए ।
यो सँगै जिल्लामा कोरोना संक्रमितको संख्या ३७८ पुगेको छ । निको भएको संख्या पनि १ सय ९५ पुगेको छ ।
जिल्लामा संक्रिय संक्रमित १८१ जना रहेका छन् ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।