२६ भदौ २०७७
धुलिखेल । काभ्रे जिल्लामा मानिस अपहरण गरी बन्धक बनाई फिरौती माग्ने ३ जना पक्राउ गरेको छ । उनीहरु मध्य २ जनालाई विहिबार र २ जनालाई आज पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय, काभ्रेका सूचना अधिकारी डिएसपी कुमार विक्रम थापाले जानकारी दिए ।
पक्राउ पर्नेहरुमा पाँचखाल नगरपालिका वडा नं. १२ तिनघरे घर भई हाल धुलिखेल नगरपालिका वडा नं. ४ स्थित २८ किलो डेरा गरी बस्ने वर्ष १९ को आकाश परियार, तेमाल गाउँपालिका वडा नं. ७ माईती घर, पाँचखाल नगरपालिका वडा नं. १२ तिनघरे घर भई हाल धुलिखेल नगरपालिका वडा नं. ४ स्थित २८ किलो डेरा गरी बस्ने वर्ष २१ की सविना तामाङ, रोशी गाउँपालिका वडा नं १२ भिमखोरी माईती घर, बेथानचोक गाउँपालिका वडा नं. ४ चलालगणेशस्थान घर भई हाल धुलिखेल धुलिखेल नगरपालिका वडा नं. ४ स्थित २८ किलो डेरा गरी बस्ने वर्ष २१ की उमा परियार रहेका छन् ।
आकाश र सविनालाई विहिबार पक्राउ गरिएका थियो भने उमालाई आज पक्राउ गरिएको डिएसपी थापाले जानकारी दिए ।
बुधबार दिउँसो बजे दिउँसो ३ वजेको समयमा पाँचखाल नगरपालिका वडा नं. १२ देवभुमी घर हुने वर्ष २३ को राज कुमार दनुवारलाई २८ किलोमा नामथर वतन नखुलेका ४।५ जनाको समुहले अपहरण गरी बन्धक बनाएका खबर प्रहरीले थाहा पाएका थिए । उनलाई बन्धक बनाएर ५० हजार रुपैयाँ रकम मागेको प्रहरीले थाहा पाउनसाथ बेलुका ८ बजेको समयमा प्रहरी परिचालन गरेको डिएसपी थापाले बताउ ।
खोजतलासको क्रममा प्रहरीले वजेको समयमा बनेपा वडा नं. १० बुडोल स्थितबाट पिडित राजकुमार दनुवारलाई सकुशल उद्दार गरेको थियो । घट्नामा संलग्न व्यक्तिहरुलाई खोजतलास गर्दै जाने क्रममा धुलिखेल नगरपालिका वडा नं. ०४ स्थित २८ किलो एरियाबाट उनीहरु तीनजनालाई पक्राउ गरेको उनले बताए ।
यस्तो रहेछ घट्ना विवरण
अपहरणकारीको आरोप लागेका सबिना तामाङ्गले पिडितलाई फोन सम्पर्क गरी भेटघाट गर्न बोलाएको प्रारम्भिक अनुसन्धानमा खुलेको डिएसपी थापाले बताए । ‘सबिना र उमा परियारले दनुवारलाई धुलिखेल नगरपालिका वडा नं. ४ स्थित २८ किलोमा सँगै भेट गरी दनुवारलाई सबिनाले जंगल तर्फ लिई गएको पाइएको छ ।’ थापाले भने, ‘जंगलको एकान्त स्थानमा पुगी सँगै कुराकानी गरी बसीरहेको अवस्थामा सबिनाको आकाश परियार लगायत अन्य व्यक्तिहरुले पिडितलाई नियन्त्रणमा लिई बन्धक बनाई घट्ना मिलाउनको लागि रु. ५० हजार माग गरेको खुलेको छ ।’
योजना बनाई अपहरण तथा शरिर बन्धक गरी रकम माग गरेको खुलेको उनले बताए ।
पक्राउ गरेकाहरुलाई मुलुकी अपराध संहिता, २०७४ को परिच्छेद–१७ अपहरण वा शरीर बन्धक सम्बन्धी कसूरमा आज जिल्ला अदालत काभ्रेबाट म्याद थप अनुमती लिई घट्ना सम्बन्धमा थप अनुसन्धान कार्य भईरहेको थापाले जानकारी दिए ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।



















