२८ भदौ २०७७
काभ्रे । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का केन्द्रिय सदस्य तथा काभ्रेका नेता कमान सिं लामाले पार्टी स्थायी कमिटीको निर्णयलाई लिएर कडा टिप्पणी गरेका छन् । पार्टीले लिएको निर्णय ठीक ढंगले लागु गरे मात्र मान्न सकिने नत्र विद्रोह गर्ने भन्द्र लामाले टिप्पणी गरेका हुन् ।
सामाजिक सञ्जालमा आफ्नो टिप्पणी गर्दै लामाले पार्टीको अहिलेको कार्यदिशा जनताको जनवादको विरुद्ध पार्टीका नेताहरुले बोल्दैन भने निर्णय ठिकै भएको बताएका छन् । जनवादी केन्द्रीयता लागु गर्नुपर्नेमा केन्द्रियता लागु नगरे र संविधान प्रदत्त अधिकार हुबहु लागु गरे पार्टीको निर्णय ठीकै लागेको उनले लेखेका छन् ।
‘नेकपाको हिजोको निर्णय ठिकै हो नी, पार्टी नेताहरुले जनताको जनबाद बिरूद्ध बोल्दैनन् र निर्णय गर्दैनन भने । जनवादी केन्द्रियता लागु गर्ने नाउँमा केन्द्रियता मात्रै नलगाए । संबिधान प्रदत्त अधिकार हुबहु लागु गरे ।’ नेता लामाले सामाजिक सञ्जालमा लेखेका छन्, ‘नेताहरुका भेष्टेट इन्ट्रेस्टमा सिद्धान्त तोडमरोड गरेर हलि गोठाला सरह ¥याङ्क र फाइलका कार्यकर्ताहरुलाई नलादेसम्म । सहि काम गरे । फलामे अनुसासन मान्दै आएका हौं । मान्छौं । अप्ठ्यारो त नेताहरुलाई नै हो ।’
नेकपाको यो निर्णय ठीक ढंगले लागे नगरे तानाशाही विरुद्ध लड्नै पर्ने रहेछ भनेर आफू लड्न तयार रहेको समेत बताएका छन् । ‘जेल, नेल, गोलीका बिरूद्ध नांगो छाती थाप्दै आइ नाफाको जिन्दकी हो यो । जस्तै तानाशाहहरूको अन्यायी कानुन निर्देशनलाई लत्याउँदै आएका हौं, न्यायको लागि ।’ उनले भनेका छन्, ‘नेकपाको यो निर्णय ठिक ढंगले लागु गरे मान्न सकिन्छ । नत्र पुनः एक पटक तानाशाही बिरूद्ध लड्नै पर्ने रहेछ भनौंला । लड्न तयार छौं, केहिले छेक्दैन ।’

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।