२८ भदौ २०७७
काठमाडौं । सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका–७ मा खसेको पहिरोमा परेर बेपत्ता भएका ९ जनाको शव फेला परेको छ।
दुई ठाउँमा गएको पहिरोमा परि ज्यान गुमाएका ९ जनाकै पहिचान खुलेको छ। नागपुचे र भीरखर्कको पहिरोमा शव भेटिएकाहरुमा ६२ वर्षिया भक्तीमाया श्रेष्ठ, २३ वर्षिया जुनु विक, २४ वर्षिय सुकलाल बिक, २४ वर्षका सन्देश बिक, ८ वर्षिया सर्किनी नेवार, ६५ वर्षका धनलाल नेवार , ६५ वर्षिय टासी शेर्पा, वर्ष १७ की ल्याक्सी शेर्पा र ४२ वर्षीय ज्ञानीमाया प्रधान रहेका छन्। पहिरोमा परेर अन्य २४ जना बेपत्ता रहेको सिन्धुपाल्चोक प्रहरी प्रवक्ता डीएसपी प्रकाश सापकोटाले जानकरी दिए।
नेपाली सेना, सशस्त्र र नेपाल प्रहरी, जनप्रतिनिधि र स्थानीयले उद्धार तथा खोजीकार्य जारी राखेको डिएसपी सापकोटाले बताए। बाह्रबिसे नगरपालिकाका प्रमुख निमफुन्जो शेर्पाका अनुसार पहिरोले ३० वटा घरमा पुर्ण क्षति पुगेको छ। २ सय २२ घर जोखिममा परेका छन्।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।