२८ भदौ २०७७
धुलिखेल । काभ्रे जिल्लामा थप १० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य कार्यालय, काभ्रेका प्रमुख डा. नरेन्द्रकुमार झाका अनुसार धुलिखेल सामुदायिक अस्पतालको प्रयोगशाला र प्रदेश जनस्वास्थ्य प्रयोगशालमा गरिएको परिक्षणमा १० जनामा कोरोना पुष्टि भएको हो ।
डा. झाका अनुसार संक्रमितहरु धुलिखेल अस्पतालको प्रयोगशालमा परिक्षण गर्दा बनेपा नगरपालिकाका २ जना पुरुष र १ महिला, नमोबुद्ध नगरपालिकाकी १ महिला रहेका छन् । त्यसैगरी प्रदेश जनस्वास्थ्य प्रयोगशालमा परिक्षण गर्दा शिर मेमोरियल अस्पतालका ३ कर्मचारी र बनेपा नगरपालिकाका १, नमोबुद्ध नगरपालिका निवासी १ र पाँचखाल निवासी १ जना रहेका छन् ।
यससँगै काभ्रेमा कोरोना संक्रमित संख्या ३ सय ८९ जना पुगेको छ भने निको भएको संख्या १ सय ९९ जना पुगेको छ ।
त्यसैगरि सक्रिय संक्रमित संख्या १ सय ७८ रहेका छन् । अस्पतालको आइसोलेशनमा १ सय ३९ र होम आइसोलेशनमा ३९ जना रहेका छन् ।
कुन स्थानीय तहमा कति सक्रिय संक्रमित ?
काभ्रेको ७ स्थानीय तहमा सक्रिय संक्रमित शुन्य अवस्थामा रहेको छ । सबैभन्दा बढी संक्रमित बनेपा नगरपालिकामा छन् । बनेपामा संक्रिय संक्रमित ९० जना रहेका छन् भने धुलिखेल नगरपालिकामा ४९ जना रहेका छन् । पनौती नगरपालिकामा ४ जना, पाँचखाल नगरपालिकामा १० जना, नमोबुद्ध नगरपालिकामा २ जना र भुम्लु गाउँपालिकामा २ जना रहेका छन् ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।