२८ भदौ २०७७
काभ्रे । कारोना भाइरस (कोभिड–१९) को उच्च जोखिमकोबीच मल्लकालीन पाटी र धाराको सरसफाइ भएको छ । नेकपा निकट अखिल नेपाल टे«ड युनियन महासंघ बनेपा नगरसमितिको आगुवाइमा जिल्लाको बनेपा नगरपालिका–१० स्थित जनागालमा रहेको मल्लकालीन सेतोपाटी, धारा आदिको सरसफाइ भएको हो ।
मल्लकालीन समयमा निर्माण भएको ऐतिहासिक पाटी, धारा पछिल्लो समय संरक्षण अभाव तथा वेवास्ताको कारण फोहोर मैलाले कुरुप बन्दै गएको अवस्थामा महासंघ बनेपा नगरसमितिको अगुवाइमा भौतिक दुरी कायम गरी सरसफाइ गरिएका छन् । उक्त सेतोपाटी र धारा पर्यटन तथा पुरातात्विक हिसाबले समेत निकै महत्वपुर्ण छ । पाटी र धारा स्थापनाबो यकिन तथ्य नभएपनि स्थानीय धार्मिक तथा पुरातात्वित विज्ञहरुले मल्लकालीन समयमा नै बनेको अनुमान गरेका छन् । अरनिको राजमार्ग छेउमा रहेको यो सेतोबाटो र धारा राजमार्ग बन्नु पहिलेदेखि नै रहेको उनीहरुको भनाइ छन् ।
बनेपा नगरपालिका–१० का वडाध्यक्ष चन्द्रबहादुर खड्काले मल्लकालीन समयमा नै स्थापना भएको ऐतिहासिक सेतोपाटी र धाराको पुर्ननिर्माणको लागि पुर्व सुचना तथा सञ्चार प्रविधिमन्त्री गोकुल बाँस्कोटाको पहलमा पुरातात्व विभागबाट अनुगामन गरी बजेटको समेत व्यवस्था भएको बताए । ‘पुर्व मन्त्री बाँस्कोटाको पहलमा सेतोपाटी र धाराको पुननिर्माणको लागि बजेटको व्यवस्थासमेत भएको छ तर कार्यन्वयन हुन सकेको छैन’, वडा अध्यक्ष खड्काले भने, ‘वडा अध्यक्ष हैसियतले म आफै पनि दुइ पटक पुरातात्व विभाग पुगेर छिटोभन्दा छिटो बजेटको कार्यन्वयन गरी जीर्ण अवस्थामा रहेको पाटी र धाराको पुननिर्माणको लागि आग्रह गरिसकेको छु, म फेरी जाने तयारीमा छु ।’ कुनै पनि हालतमा पाटी र धाराको पुननिर्माणको काम सम्पन्न गर्नेछु, उनले थपे ।
त्यस्तै सरसफाई अभियानका संयोजक तथा महासंघ बनेपा नगरसमितिका इन्चार्ज राजन अधिकारीले ऐतिहासिक सम्पदाको संरक्षण तथा सरसफाइको लागि स्थानीय नै जागरुप हुनेपर्ने बताए । ‘संस्था वा बाहिरका मान्छेले संधै आएर सरसफाइ गर्न सकिदैन त्यसको लागि स्थानीय नै एकजुट भएर अघि बढ्नु पर्छ,’ उनले भने, ‘फोहोर हेर्दा वषौँदेखिको जस्तो देखिन्छ, कम्तीमा आफ्नो घरवरिपरि मात्रै सफा गरेपनि धेरै राम्रो हुने थियो ।’ एतिहासिक पाटी तथा धाराको संरक्षणको लागि बनेपा नगरपालिका लगायतका सम्बन्धित निकायले गम्भीर रुपमा लिएर यसको संरक्षणको लागि पहल गर्नु पर्नेमा महासंघ बनेपा नगरसमितिका इन्चार्ज अधिकारीले जोड दिए ।
राजमार्ग बन्नु पहिले पुर्वको झापा, रामेछाप, सिन्धुली लगायतका काठमाडौँ उपत्यका जान आउने बटुवाहरु रातको समयमा यहीँ पाटीमा बास बस्ने, हिँड्दै आउँदा भोक लागेकाहरुले खाना बनाएर खाने गरेको स्थानीयहरु बताउँछन् । पाटी छेउमा रहेको धारा भने हालसम्म पनि स्वच्छ पानी आउने गरेको छ । जुन स्थानीयहरुको स्वस्च्छ खानेपानीको लागि राम्रो माध्यम बनिरहेका छन् ।
महासंघ बनेपा नगरसमितिको नेतृत्वमासेतोपाटी, धारा आसपासका करिब ५ मिटर क्षेत्रमा सरसफाइ भएको थियो । नगरसमितिले यसअघि पनि पुलबजारस्थित ऐतिहासिक पुल क्षेत्रमा सरसफाइ गरिसकेका छन् । सरसफाइ घेरलु औजारको सहयतामा लाष्टिकका फोहोर र अन्य घाँस लगायत फोहोर संकलन गरिएको थियो ।
सरसफाई कार्यक्रममा वडा अध्यक्ष खड्का, नगरसमिति इन्चार्ज लगायत नेकपा जिल्ला सदस्य होम बहादुर खुलाल, नेकपा जिल्ला सदस्य प्रेम बहादुर भुजेल, धन बहादुर लामा, केशव राज पौडेल, संयोजक मिनराज के.सी, रामशरण खुलाल, दिल बहादुर भुजेल, योग गुरु देबि लामा, योग गुरु उद्धब प्रसाद तिमल्सिना, बिनोद नेपाली, भोज बहादुर खुलाल, महेश कार्की, सम्शेर राना मगर, शेर बहादुर भुलन, प्रकाश घलान, भुवन सिन्जाली मगर, उपेन्द्र ठाडा मगर, मान बहादुर दर्लामी मगर (सलन), रसिला सिग्देल, बेलि माया लामा, समिक्षा अधिकारी, श्रीजल कटवाल, गोबिन्द बहादुर कटवाल, कृष्ण खुलाल, तिर्थ राज खत्री, केदार तिमल्सिना लगायतको सहभागी रहेका थिए ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।