२९ भदौ २०७७
चौंरीदेउराली । काभ्रेको चौंरीदेउराली गाउँपालिकामा आजसम्म एकजना पनि कोरोना संक्रमित थिएन । तर आज एकजनामा कोरोना पुष्टि भएको छ ।
स्वास्थ्य कार्यालय, काभ्रेका प्रमुख डा. नरेन्द्रकुमार झाका अनुसार चौंरीदेउरालीकी एक ७५ बर्षिय बृद्धामा कोरोना पुष्टि भएको हो ।
निजको काठमाडौं स्थित वीर अस्पतालमा उपचार भइरहेको डा. झाले जानकारी दिए ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।