२९ भदौ २०७७
धुलिखेल । काभ्रे जिल्लाकी एक बृद्धा महिलाको मृत्यु भएको ४ दिन पछि कोरोना पुष्टि भएको छ । स्वास्थ्य कार्यालय, काभ्रेका प्रमुख डा. नरेन्द्रकुमार झाका अनुसार मृत्यु हुनेमा भुम्लु गाउँपालिका वडा नम्बर ८ की ७० बर्षीय बृद्धा रहेकी छिन् ।
डा. झाका अनुसार मृत्यु भएकी बृद्धाको भदौँ २५ गते शीर मेमोरिय अस्पतालमा उपचारको क्रममा मृत्यु भएको थियो । यो सँगै काभ्रेमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३ पुगेको छ । यसअघि धुलिखेल र पाँचखालमा एक, एक जनाको मृत्यु भएको थियो ।
यसैबीच आज काभ्रेमा २ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमितहरु चौरीदेउराली गाउँपालिकाका १ महिला र बनेपा नगरपालिकाका १ जना महिला रहेको झाले जानकारी दिए ।
जिल्लामा कोरोना संक्रमितको संख्या ३९१ पुगेको छ । २ सय ७३ जना निको भएर घर फर्किएका छन् ।
त्यसैगरि काभ्रेमा सक्रिय संक्रमित संख्या १ सय १५ रहेका छन् भने काभ्रे भन्दा बाहिर काभ्रे स्थायी घर भएका सक्रिय संक्रमित संख्या २१ जना रहेका छन् ।

Comments

comments