३१ भदौ २०७७
हेटौंडा । नागरीकहरुबाट प्रहरी कर्मचारीहरुसँग सम्बन्धित गुनासो तथा सुझाव संकलन गरी प्रहरी सेवालाई थप प्रभावकारी बनाउन बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले प्रदेश भरीका हरेक स्थानीय तहमा गुनासो तथा सुझाव संकलन पेटीका राख्ने भएको छ । वागमती प्रदेश प्रहारी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक सुदिप गिरीका अनुसार गुनासो तथा सुझाव संकलन पेटीका राख्ने तयारी समेत पूरा भएको छ ।
प्रहरी कार्यालयका साथै प्रहरी कर्मचारीहरुबाट सम्पादन भएका कामकारबाहीको सम्बन्धमा आम नागरिकबाट प्राप्त हुने सल्लाह, सुझावका साथै गुनासोलाई उचित सम्बोधन गरी प्राप्त सल्लाह सुझाव अनुरुप प्रहरी सेवालाई परिमार्जन गर्ने उद्देश्यले गुनासो तथा सुझाव पेटीका संचालन सम्बन्धी कार्ययोजना समेत निर्माण गरीएको प्रवक्ता गिरीले जानकारी दिए । कार्ययोजनामा उल्लेखीत व्यवस्था अनुसार तीन वटा चरणमा गरी सबै स्थानीय तहको केन्द्र रहेको कार्यालय र वडा स्तरसम्म गुनासो तथा सुझाव संकलन पेटीका राखीने छ ।
प्रथम चरणमा महानगरपालीका, उपमहानगरपालीका र सदरमुकाममा रहेको गाउँपालीकामा, दोस्रो चरणमा सबै गाउँपालीका र तेस्रो चरणमा सबै वडा कार्यालयहरुमा गुनासो तथा सुझाव संकलन पेटीका राखीने छ ।
प्रथम चरण अन्तर्गत मिति २०७७ असोज १ गतेबाट प्रदेश भरीका २५ नगरपालीका, १ वटा महानगरपालीका, १ वटा उपमहानगरपालीका र १ वटा गाँउपालिका गरी २८ वटा स्थानीय तहमा गुनासो तथा सुझाव संकलन पेटीका राखीने गिरीले जानकारी दिए । समुदाय प्रहरी साझेदारी कार्यक्रमका प्रमुख सहयोगी स्थानीय निकायसँगको सहकार्यमा संचालन गरिने यस योजना अन्तर्गत स्थानीय निकायहरुमा सुझाव तथा गुनासो पेटिका स्थापना गरी नागरीकहरुबाट प्रहरीसँग सम्बन्धित सुचना संकलन गर्ने कार्य गरिनेछ ।
नेपाल प्रहरीले नागरीकहरुबाट पृष्ठपोषण प्राप्तीका लागि नागरीक सुनुवाई कार्यक्रम, सुचना अधिकृतको ब्यवस्था, सम्पर्क टेलिफोन नम्बर, प्रबिधीहरुको प्रयोग लगायत बिभिन्न कृयाकलापहरु संचालन गर्दै आईरहेको भएतापनि सुचना संकलनका कार्यलाई थप प्रभावकारी बनाउन बागमती प्रदेश प्रहरी कार्यालयले नागरीकहरुको सहज र नियमित पहुचं हुने स्थानीय निकायहरुमा प्रहरी सम्बन्धित सुचनाहरु प्राप्त गर्ने संयन्त्रको बिकाश गर्नु उपयुक्त हुने महसुस गरी यो कार्ययोजना तयार गरिएको हो ।
गुनासो तथा सुझाव संकलन पेटीका राख्नुको उद्देश्य र औचित्य निम्नानुसार रहेको छः
-
स्थानीय निकायसंगको सहकार्यलाई थप दरिलो बनाउदै दीगो र दिर्गकालीन साझेदारीको संयन्त्र निर्माण गर्ने ।
सर्वसाधारणको प्रहरी प्रतिको बिश्वासमा अभिबृद्धि गर्ने ।
-
प्रहरी सेवा संचालनमा रहेका त्रृटी, कमी, कमजोरी पहिचान गर्दै सो कार्यमा आवश्यक्तानुसार सुधार गरी प्रहरी सेवालाई सुदृढ बनाउने ।
-
प्रहरी दायित्वको प्रभावकारी सम्पादनका लागि आगामी रणनिती तयार गर्न पृष्ठपोषण प्राप्त गर्ने ।
-
आचरण बिरुद्धका कार्य गर्ने प्रहरी कर्मचारीको पहिचान गरी संगठन सुद्धिकरण अभियानलाई सबल बनाउने ।
-
सुचना संकलनलाई प्रभावकारी बनाउने ।
-
सुशासन पाउने नागरिकको अधिकारलाई व्यवहारमा उतारी कार्यान्यनमा ल्याउने ।
गुनासो तथा सुझाव संकलन एवं ब्यवस्थापनको सम्बन्धमा निम्नानुसार गरीने छः
-
प्रत्येक महिनाको १ गत्ते सम्बन्धित पालीकाका प्रतिनिधी तथा जिल्ला प्रहरी कार्यालय वा नजिकको युनिटका प्रहरीको संयुक्त रोहबरमा पेटिकामा रहेका पत्रहरु निकाली दस्तखत सहित खामबन्दी गरी संकलन गरिनेछ ।
-
पत्रहरु प्रदेश प्रहरी कार्यालयको लागि संकलन गरिने भएकोले उजुरीकर्ताको गोप्यता समेतलाई ध्यानमा राखी पेटिकामा भएको पत्र नखोली, नपढी सुरक्षित साथ जिल्ला प्रहरी कार्यालयहरुले बिभिन्न पालीकाहरुबाट एकमुष्ठ संकलित पत्रहरु बागमती प्रदेश प्रहरी कार्यालयले प्राप्त गर्ने गरी पठाउनेछन ।
-
पत्र मार्फत प्राप्त हुन आएका गुनासो, सुझावहरुको उचित सम्बोधन र सुनुवाई गर्ने उत्तरदायित्व बागमती प्रदेश प्रहरी कार्यालयको हुनेछ ।
-
प्रदेश कार्यालयमा रहने गुनासा तथा सुझाव ब्यवस्थापन शाखाले संकलन भएका सुझाव तथा गुनासाहरु उपर छानबिन गरी आवश्यक कारवाही अघि बढाउनेछ ।
-
प्रत्येक प्रदेश तथा जिल्ला स्तरका प्रहरी कार्यालयहरुमा सिनियर प्रहरी अधिकृतको कमाण्डमा गुनासो तथा सुझाव संकलन तथा ब्यवस्थापन शाखा रहनेछ ।
-
सो शाखाले तालुक कार्यालयहरु तथा अन्य बिभिन्न श्रोत मार्फत प्राप्त हुन आएका सुझाव तथा गुनासाहरुको उचित कारवाही एवम् ब्यवस्थापनको कार्य गर्नेछ ।
-
सुझाव तथा गुनासा उपर गरिएको कारवाहीको बिवरण सवैको जानकारीका लागि बागमती प्रदेश प्रहरीको OfficialWeb-site मा राखिनेछ ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।



















