३१ भदौ २०७७
भुम्लु । काभ्रे जिल्लाको भुम्लु गाउँपालिकामा कारोना संक्रमित संख्या बढ्दै गएपछि स्वास्थ्य सुरक्षा सम्बन्धी मापदण्ड अपनाउन थालेको छ । गाउँपालिकाले पनि स्वास्थ्य सुरक्षा मापदण्डलाई प्राथमिकता दिन थालेको छ ।
गाउँपालिकाले २५ ओटा स्थानमा हात धुने स्टेशन स्थापना गरिएको छ । भुम्लु गाउँपालिका गाउँ कार्यपालिकाको कार्यालय, वडा कार्यालय, स्वास्थ्य संस्था, खोप केन्द्रमा हातले नछोई खुट्टाको प्रयोगले हातधुने स्टेशनको स्टेशनको स्थापना गरिएको हो ।
भुम्लु गाउँपालिका कार्यालयसँगको समन्वयमा, वाटरएड नेपालको सहयोगमा स्थानीय कार्यान्वयन साझेदार सिविक फोरमले संचालन गरेको एचबिसिसी परियोजना अन्तरगत गाउँपालिका कार्यालय, वडा कार्यालयहरु र स्वास्थ्य संस्थाहरुमा हातले नछोई खुट्टाको प्रयोगले हातधुने स्टेशनको स्थापना गरेको बताइएको छ ।
भुम्लु गाउँपालिका, वडा नं. ८ स्थित भुम्लुटार स्वास्थ्य चौकीमा स्थापना भएको हातले नछोई खुट्टाको प्रयोगले हातधुने स्टेशनको उद्घाटन गाउँपालिकाको अध्यक्ष गुमानध्वज कुँवरले गरे । उनले गाउँपालिकाको अत्यावश्यक ठाउँहरुमा राखिएको स्टेशनले धेरैभन्दा धेरैले फाइदा लिने विश्वस व्यक्त गरे । कोरोनाको कहरमा यस्ता स्टेशनवाट कोरोना फैलन जोगाउने उनले बताए ।
स्थानीय तह भुम्लु गाउँपालिका गैरसरकारी संस्थाहरुसँग निरन्तर समन्वयमा अघि बढ्ने बताउँदै आगामी दिनमा समेत विकासका कार्यहरुमा निरन्तर साथसाथै अघि बढ्ने अध्यक्ष कुँवरले प्रतिबद्धता जाहेर गरे ।
स्वास्थ्य सेवा विभागको जनस्वास्थ्य अधिकृत वसन्त श्रेष्ठको विशेष आतिथ्यता र वाटरएड परियोजनाको टिम लिडर डा. खकिन्द्र भण्डारी सो कार्यक्रममा सहभागि थिए ।
कार्यक्रममा गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृत मदनकुमार बजगाई, लक्ष्मी मरासिनी, स्वास्थ्य सेवा विभाग, सुर्दशन भट्टराई, स्वास्थ्य शाखा प्रमुख, भुम्लु गाउँपालिका, सुनिता खरेल, ईन्चार्ज, भुम्लुटार स्वास्थ्यचौकी, सोनु कुमार शाह, प्राविधिक व्यवस्थापक, वाटरएड नेपाल, मनि कर्माचार्य, वरिष्ठ सञ्चार अधिकृत, वाटरएड नेपाल, भलककुमार दर्लामी, वसन्त कुँवर, अशिष सापकोटा र रिकेश विश्वकर्माको सहभागिता थियो ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।



















