३१ भदौ २०७७
काठमाडौं । असोज १ गतेबाट सरकारले लोमो दूरीका यातायात संचालनका लागि अनुमति दिएपनि काठमाडौं जिल्लामा भने जोरबिजोर प्रणाली नै लागू हुने भएको छ।
बुधबार साँझ एक विज्ञप्ति जारी गर्दै जिल्ला प्रशासन कार्यालय काठमाडौंका प्रमुख जिल्ला अधिकारीले जिल्लाभित्र अत्यावश्यक बाहेकका सेवा दिने सवारी साधनमा जोरबिजोर प्रणाली लागू गरिएको जानकारी दिएका हुन्।
ुकाठमाडौं भित्र संचालन हुने सार्वजनिक तथा निजी सवारी साधनले सरकारले तोकेका सुरक्षा मापदण्ड पालना गर्दै जोरबिजोर प्रणालीमा संचालन गर्नुपर्नेछ,ु प्रशासनले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।
असोज १ बाट लागू हुने यो व्यवस्था अर्को सूचना जारी नहुन्जेलसम्मका लागि यस्तो व्यवस्था लागू हुने प्रशासनले स्पष्ट पारेको छ।
तर सरकारले भने असोज १ गतेबाट लामो दूरीका सवारी साधन संचालन गर्न दिने तर सिट क्षमताको आधा मात्र यात्रु राख्ने र ५० प्रतिशतसम्म बढी भाडा लिन पाउने व्यवस्था गरिदिएको छ।