३१ भदौ २०७७
चौंरीदेउराली । काभ्रे जिल्लाको चौंरीदेउराली गाउँपालिकामा २ जनामा कोरोना पुष्टि भएसँग त्यस क्षेत्रमा ‘लकडाउन’को घोषणा गरेको छ । संक्रमित बस्दे आएको क्षेत्रलाई पूर्णरुपमा ‘लकडाउन’ गरिएको हो ।
प्रमुख प्रशासकीय अधिकृत महानदास लामाका अनुसार चौंरीदेउराली गाउँपालिका मादनकुँडारी निवासी ७३ वर्षिय एक महिला र कात्तिके देउराली बजार निवासी एकजना स्वास्थ्यकर्मीलाई कोरोना पोजेटिभ देखिएको भन्दै सतर्कता अपनाउन जनसमुदायमा अपिल गरेको छ ।
‘क्लोज कन्ट्याक्टमा रहेका व्यक्तिहरु पनि कोरोना पोजेटिभको उच्च आशंका गरिएको र परिक्षणको क्रममा रहेकाले यस गाउँपालिका क्षेत्रभित्र बसोबास गर्ने सम्पूर्ण आम जनसमुदायलाई उच्च सतर्कता अपनाउनुहुन अनुरोध गर्दछु ।’ उनले भने ।
विषम परिस्थितिलाई मध्यनजर गरी गाउँपालिका क्षेत्रका मादन, काँडारी, कात्तिकेदेउराली, चौ्ंरी, पोखरी, केउरेनी, ढाँडखर्क भञ्ज्याङ, छेडा, गुम्बटी, सलम्बु, लौरे, काफ्ले, रजवास, चलाखु, विर्तादेउराली, चिसापानी, मानेडाँडा, खहरेबेशी लगायतका सबै साना ठूला बजार र पसलहरु २०७७ असोज ७ गतेसम्मका लागि पूर्ण रुपमा बन्द गरिएको उनले बताए ।
उपत्यका लगायत अन्य स्थानहरुमा विभिन्न पेशा व्यवसाय गरी गाउँ फर्कने सबैलाई १४ दिनसम्म आफ्नै घरमै होम क्वारेन्टाइनमा समेत लामाले अनुरोध गरे ।

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।