१ असोज २०७७, बनेपा ।
काभ्रे महाभारत गाँउपालिका वडा नं. ३ सोलिघोप्टेका १२ वर्षीय कान्छालाल जिम्बालाई उपचारको लागि प्राप्त रकम हस्तान्तरण गर्न काभ्रेका संघीय सांसद गंगाबहादुर तामाङ र प्रदेश सांसद रत्न ढकाल अस्पताल पुगेका छन् । गत साउन २७ गते बाख्रा चराउन जाने क्रममा भीरबाट लडेर गम्भीर घाइते योन्जनलाई उपचार गर्न आर्थिक अभाव भएपछि जुटेको सहयोग रकम हस्तान्तरण गर्न सांसदहरु अस्पतालमै पुगेका हुन् ।
समाजसेवी अमृत योन्जन र अन्य व्यक्तिको विशेष पहलमा विभिन्न व्यक्तिबाट प्राप्त भएको एकमुष्ट रकम रु. ४ लाख ६३ हजार ४ सय १७ मध्ये खर्च गरेर बाँकी रहेको २ लाख २ हजार ९ सय ७२ रुपैयाँ सहयोग रकम सांसदद्वयले हस्तान्तरण गरेका थिए ।

हस्तान्तरण गर्न नेपाल तामाङ घेदुङका संघिय कोषाध्यक्ष रुप बहादुर योञ्जन समेत बालकको उचाररत नेपाल नेशनल अस्पातलमा पुगेका थिए ।
यस अघि आर्थिक अभावका कारण दोस्रो अप्रेशन गर्न नसकेका योन्जनलाई लाप्साङ पाख्रीनले संकलन गरेको रकम पूर्व मन्त्री तथा नेकपाका केन्द्रिय सदस्य शेरबहादुर तामाङले हस्तान्तरण गरेका थिए । पूर्व मन्त्री तामाङले पिडित बालकलाई ५५ हजार ५ सय रुपैयाँ हस्तान्तरण गरेका थिए ।
त्यसैगरि यस अघि महाभारत गाउँपालिका अध्यक्ष कान्छालाल जिम्बाद्धारा हस्तान्तरण गरेको रकम रोजगारीको सिलसिलामा मलेसियामा रहेका राकेश भोलन र विजय थिङको पहलमा संकलन भएको १ लाख २ हजार ८ सय र अध्यक्ष जिम्बा स्वयंमले ५ हजार रुपँया र महाभारत कन्ट्रक्सनतर्फबाट सुजन लामा र तस्वीर मोक्तानले संंयुक्त रुपमा ५ हजार रुपैयाँ गरी एकमुष्ट १ लाख १२ हजार ८ सय रुपैँया बिरामीको दाजुलाई हस्तान्तरण गरिएको थियो ।
विद्यार्थी घेदुङका संघीय कार्यसमिति अध्यक्ष दिनेश लो तामाङले नगद रु बाह्र हजार पाँच सय रुपैयाँ कान्छालालका बुवा ज्ञान बहादुर योञ्जनलाई हस्तान्तरण गरेका थिए । विद्यार्थी घेदुङका पदाधिकारी तथा सल्लाहकारहरुबाट संकलन भएको रकम उनलाई हस्तान्तरण गरिएको हो ।
सहयोग रकम हस्तान्तरण गर्न अस्पताल पुगेका संघीय संसद बमध्वज र ढकालले बिरामीको उपचारमा आर्थिक सहयोगको लागि पहल तथा सहयोग गर्ने सम्पुर्णलाई धन्यवाद दिदै बिरामी योञ्जनको शिघ्र स्वास्थ्य लाभ कामना समेत गरेको थियो ।
हालसम्म संकलन भएको सहयोग रकम
१)बिकास योन्जन महाभारत:-२ हाल दुबई रु:५०००
२)लामा गुरु पेमा शेर्पा आरुबारि घुम्बा बाट रु:५०००
३)बसन्त कुवर महाभारत :६हाल धुलिखेल रु:५०००
४)दावा योन्जन महाभारत:-१ हाल भक्तपुर रु:३०००
५)रक्तिम लामा तेमाल:-९हाल बनेपा बाट रु:३०००
६)राजन अधिकारी खानिखोला:६ रु:२०००
७)देबि लामा बनेपा :-९ बाट रु:१०००
८)बिजय लामा हाल डल्कु स्वयम्भू बाट रु:५०००
९)प्रकाश रायमाझी रामेछाप हाल बानेश्वर रु:३०,०००
१०)रुप ब वाइबाको साथिहरु हालटर्कि बाट रु:१४,६८०
११)सुब्ब वाइबामहाभारत:२पात्लेहाल इराक रु:५०००
१२)पुर्ब कानुन मन्त्री र सि.पा.जिल्ला सङ्सद तथा नेकपाका प्रभाबशाली नेता सेर बहादुर तामाङ र समाजसेबी तथा जनजाति महासङ्घ केन्द्रिय सदस्य लप्साङ लामा ज्युको बिशेष पहलमा सम्पुर्ण सहयोगी बिशाल मनहरुबाट एकमुष्ट रुपमा रु:-५५,५००
१३)भिम मोक्तान महाभारत:३ हाल बालकोट रु:५०००
१४)बिजयसिङ्तान महाभारत:८हालमलेसियारु:५५५०
१५)देबिका वाइबा महाभारत:४हाल लेबनान रु:५०००
१६)सागर मोक्तान महाभारत :६ हाल इमाडोलरु:५१००
१७)बाबु योन्जन महाभारत:३ योन्जन डाडाबाटरु:५००
१८)चरिमाया सिङ्तान जिम्बा महाभारत:-३ रु:-२०००
१९)बिजय थिङ र राकेश तामाङको बिशेष पहलमा मलेसियामा रहनुहुने बिशाल मनका धनि मनकारि ब्यक्तिगत्वहरुबाट एकमुष्ट रुपमा रु:१,०२,८००
२०)महाभारत गाउपालिका अध्यक्ष कान्छा लाल जिम्बा ज्यु बाट ब्यक्तिगत रुपमा सहयोग स्वरुप रु:-५०००
२१)म्हाबर कन्ट्रक्सन प्रा.लि.को सुजन लामा र तस्बिर मोक्तान ज्युबाट एकमुष्ट रुपमा सहयोग स्वरुप रु:५०००
२२)मेचि महाकाली बुहारी संयुक्त आवाज नेपाल संस्थाको बिशाल मनका धनिहरुको तर्फबाट संस्थाका प्रतिनिधिहरु यमु शर्मा सुब्बा,परिसा आचार्य र सिन्धु रिजाल ज्युले एकमुष्ट रुपमा सहयोग स्वरुप रु:२०,०००
२३) माबर यम्बु योन्जन परिवार कोषबाट,रु: १६६०००
२४) रुप बहादुर योन्जन नेपाल तामाङ घेदुङ संघिय कोषाध्यक्षबाट रु:५०००
२५) जापान बाट रश्मि तामाङ बाट लाप्साङ लामा द्धारा हस्तान्तरण रु: ५७०००
२६) डम्बर थोकार ( सोनाम) मेलुङ गाउँपालिका वडा न ३ दोलखा बाट रु:२०००
२७) देवराज तामाङ तेमाल गाउँपालिका नेकपा युवा नेता बाट रु :५०००
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।