५ असोज २०७७
काठमाडौं । सगरमाथा ओरोही शर्मिला स्याङतान र अधिकारकर्मी इन्दिरा घले दुप्चेश्वर गाउँपालिका १ घ्याङफेदीस्थित सिसिपुका पहिरोपीडितलाई सहयोग लिएर पुगेका छन् । अबिरल वर्षापछि भदौ २३ गते पहिरो झर्न थालेपछि कोही ओडारमा र कोही आफन्तकोमा आश्रय लिन पुगेका सिसिपुका स्थानीय विस्थापितहरुलाई सहयोग लिएर स्याङतान र घले पुगेका हुन् ।
चेन्ज एक्सन, नेपालमा आबद्ध उनीहरुले सिसिपुका पहिरोपीडितलाई खानेपानी ट्यांकी, फिल्टर लगायत सामग्री सहयोग हस्तान्तरण गरिएको छ ।

शनिबार १ हजार लिटरको ३ थान ट्याङ्की, सय थान फिल्टर, महिलाहरुका लागि स्यानेटरी प्याड, विद्यार्थीका लागि भलिबल, फुटबल, माक्स, ह्यान्ड स्यानिटाइजर, ह्यान्डवास र थर्मलगन दुइसेट सहयोग हस्तान्तरण गरेका थिए । सो पहिरोबाट १३४ घरपरिवार विस्थापित भएका छन् ।
आरोही स्याङतान र अधिकारकर्मी घलेले सो सामाग्री लिएर पुगेपछि पहिरो पिडितलाई केही राहत पुगेको छ ।
पहिरो पिडितहरुलाई भदौ २९ गते संघीय सांसद, प्रदेश सांसद, जिल्ला विपद् व्यवस्थापन समिति, दुप्चेश्वर गाउँपालिका लगायतको पहलमा सुरक्षित स्थानमा स्थानान्तरण गरिएको थियो
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।





















