५ असोज २०७७
धुलिखेल । काभ्रे जिल्लामा एउटै फ्याक्ट्रीमा काम गर्दै आएकी आफ्नै सहकर्मी युवतीलाई बलात्कार गरेको आरोपमा तीन युवाहरु पक्राउ गरेको छ । धुलिखेल नगरपालिका वडा नं. ४ स्थितमा रहेको प्रभात पोल्ट्री फर्ममा काम गर्दै आईरहेका वर्ष २८ की आफ्नै सहकर्मी बलात्कारको आरोपमा ती यवाहरुलाई पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालय, काभ्रेका सूचना अधिकारी प्रहरी निरीक्षक गोबिन्द प्रसाद अधिकारीका अनुसार पक्राउपर्नेहरुमा महाभारत गाउँपालिका वडा नं. १ घर भई हाल धुलिखेल नगरपालिका वडा नं. ४ स्थित रहेको प्रभात पोल्ट्री फर्ममा काम गर्ने वर्ष २२ को विशाल आले रहेका छन् । आलेले २०७६ असोज २१ गते देखी पटक–पटक बलात्कार गर्दै आएको जाहेरीमा उल्लेख भएको प्रहरी निरिक्षक अधिकारीले जानकारी दिए । अन्तिम पटक २०७७सावन २ गते रातिको अन्दाजी १०ः३० बजेको समयमा युवातीको धुलिखेल नगरपालिका वडा नं. ४ को बखुन्डोल स्थित पीडितको आफ्नै कोठामा जबरजस्ती करणी गरेको आरोप जाहेरीमा रहेको अधिकारीले बताए ।
त्यसैगरी अर्को अभियुक्तमा मकवानपुर जिल्ला हेटौडा उपमहानगरपालिका वडा नं. १२ घर भई धुलिखेल नगरपालिका वडा नं. ४ सोही पोल्ट्री फर्ममा काम गर्ने बर्ष २८ को अमृत खड्का रहेका छन् । उनले २०७७ साल असोज २ गते राती ८ः०० बजेको समयमा पीडितको आफ्नै कोठामा जबरजस्ती करणी गरेको आरोप छ ।
त्यस्तै भारत पश्चिम बंगाल बिरभिम घर भई हाल सोही पोल्ट्री फर्ममा काम गर्ने प्र बर्ष २३ को रधुनाथ मण्डलले २०७७ साल भदौ १ गते देखी पटक पटक गरी अन्तिम पटक २०७७ असोज १ गते रातिको अन्दाजी ११ः३० बजेको समयमा पीडितको आफ्नै कोठामा जबरस्ती करणी गरेको भन्ने व्यहोराको जाहेरी रहेको प्रहरी निरिक्षक अधिकारीले जानकारी दिए ।
पिडित महिलालाई उनीहरुले बिभिन्न किसिमको डरत्रास, धाक, धम्की देखाई पीडितको पारिवारिक अवस्थाको फाईदा उठाई निज र निजको बच्चा समेतको ज्यान लिने डरत्रास धाकधम्की देखाई जबरजस्ती करणी गरेको पिडितको आरोप रहेको छ । अभियुक्तहरुलाई गत असोज ३ गते पक्राउ गरी करणी सम्बन्धी कसूर दफा २१९ जबरजस्ती करणी गर्न नहुने शिर्षकमा मुद्दा दर्ता गरी जिल्ला अदालत काभ्रेबाट म्याद अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।



















