५ असोज २०७७
धुलिखेल । काभ्रेमा आज (सोमबार) ११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य कार्यालय, काभ्रेका प्रमुख डा.नरेन्द्रकुमार झाका अनुसार आज पुष्टि भएको संक्रमितहरुमा बनेपा नगरपालिकाका १ पुरुष, धुलिखेल नगरपालिकाका ४ महिला, नमोबुद्ध नगरपालिकाका १ पुरुष, पाँचखाल नगरपालिकाका २ पुरुष र भुम्लु गाउँपालिकाका ३ पुरुष रहेका छन् ।
यससँगै काभ्रेमा संक्रमित संख्या ४ सय ६९ पुगेको छ । जसमा महिला १ सय ८३ जना र पुरुष २ सय ८६ जना रहेका छन् । निको भैसकेका संख्या जम्मा ३ सय १२ रहेका छन् । जसमा महिला १ सय १४ जना र पुरुष १ सय ९८ जना रहेका छन् ।
त्यसैगरि काभ्रेमा सक्रिय संक्रमित संख्या १ सय ५३ जना रहेका छन् । जसमा महिला ६५ जना र पुरुष ८८ जना रहेका छन् । सक्रिय संक्रमितहरु मध्य ९४ जना अस्पतालको आइसोलेशनमा र ६७ जना होम आइसोलेशनमा रहेका छन् ।
त्यसैगरि हालसम्म काभ्रभन्दा बाहिर अस्पताल आइसोलेशनमा १६ पुरुष र ४ महिला र होम आइसोलेशनमा २ पुरुष गरी २६ जना रहेका छन् ।
काभ्रे जिल्लामा कोरोना संक्रमणबाट ४ पुरुष र ३ महिला गरी ७ जनाको मृत्यु भएको छ भने जसमध्य २ पुरुष र १ महिला अन्य जिल्लाका रहेका छन् ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।



















