६ असोज २०७७
काठमाडौं । बागमती प्रदेश प्रहरी कार्यालयले भदौ महिनाको सर्वोत्कृष्ण प्रहरी छनोट गरेर पुरस्कृत गरेको छ । प्रत्येक महिना सर्वोत्कृष्ट प्रहरी छनोट गर्ने पुरस्कृत गर्ने क्रममा भदौ महिनाको कामको मूल्यांकनको आधारमा इलाका प्रहरी कार्यालय सिंगटी, दोलखामा कार्यरत इन्सपेक्टर सुनजित तामाङ सर्वोत्कृष्ट प्रहरी घोषित भई पुरस्कृत भएका हुन् । तामाङ तेमाल गाउँपालिका वडा नं. ४, बोल्दे काभ्रे निवासी हुन् ।
प्रदेश मातहतका १० जिल्ला र अन्य ६ वटा प्रहरी युनिटमा राम्रो काम गरेका मध्येबाट उत्कृष्ट प्रहरी छनोट गरिएको वागमती प्रदेश प्रहरी कार्यालयका सूचना समन्वय अधिकृत प्रहरी निरिक्षक रोशन थापाले जानकारी दिए ।

बागमती प्रदेश प्रहरी कार्यालयले ‘महिनाको उत्कृष्ट प्रहरी छनोट मापदण्ड–०७७’ जारी गरेर राम्रो काम गर्नेलाई पुरस्कृत गर्न शुरु गरेको हो ।
उत्कृष्ट प्रहरीको तस्बिर प्रदेश मातहतका सवै युनिटमा राख्न प्रदेश प्रहरी कार्यालयले सर्कुलर गरेको छ । महिनाको उत्कृष्ट प्रहरी हुन सफल कर्मचारीलाई अभिलेखमा जनिने गरी नगद पुरस्कार दिंदै आएको छ ।
उत्कृष्ट प्रहरी छनोटका लागि प्रहरी बरिष्ठ उपरीक्षक (एसएसपी) सुदीप गिरीको अध्यक्षतामा समिति गठन गरिएको छ । भदौ महिनाको सर्वोत्कृष्ट हुन सफल इन्सपेक्टर तामाङले गैह्रकानुनी काममा संलग्न र फरार प्रतिवादीलाई पक्राउ गरेर कानुनी दायरामा ल्याएका थिए । कोरोना संक्रमितको उचित व्यवस्थापन र बाढी–पहिरोको जोखिममा रहेका स्थानियलाई सुरक्षित स्थानान्तरणका लागि उनको महत्त्वपूर्ण भूमिका खेलेको बागमती प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।
प्रदेश मातहतका १६ युनिटले हरेक महिना आफू मातहतबाट ‘उत्कृष्ट प्रहरी’ घोषण गर्छन् । साउन महिनामा प्रदेश मातहतका कार्यालयबाट १५ जना प्रहरी कर्मचारी पुरस्कृत भइसकेका छन् ।

Comments

comments