७ असोज, २०७७ पाँचखाल । काभ्रे जिल्लाको पाँचखाल नगरपालिकालाई रेविज मुक्त नगर बनाउने उद्देश्यले पाँचखाल नगरपालिका भित्रका सामुदायिक (भुस्याहा) कुकुरलाई स्थायी बन्ध्याकरण गर्न थालिएको छ ।
नेपाल एनिमल वेलफेयर एण्ड रिसर्च सेन्टर(नार्क) सँगको सहकार्यमा बन्ध्याकरण अभियान सञ्चालन गरिएको हो । विश्व रेबिज दिवसको अवसर पारेर नगरपालिकाले हिजो मङगलबार मात्रै २० वटा कुकुरको बन्ध्याकरण गरेको थियो । पशुपन्छी शाखा प्रमुख दत्तप्रसाद गौतमका अनुसार अभियानमा नगरभित्रका करिब ७५ देखि ८० वटासम्म कुकुरको बन्ध्याकरण गर्ने जानकारी दिए ।

असोज १२ गते सम्म सञ्चालन हुने यस अभियानमा रेबिज विरुद्धको खोप पनि दिने नगर प्रमुख महेश खरेलले बताए। नगरभित्र सडकमा भएको कुकुरले रेविज रोग फैलाउन सक्ने तथा विभिन्न दुर्घटना गराउन सक्ने भएकाले अत्यन्तै गम्भीरताका साथ यो अभियान थालनी गरेको नगर प्रमुख खरेलको भनाई छ । उनले नगरभर छाडा छोडिएका कुकुरलाई सङ्कलन गरेर ल्याएर बन्ध्याकरण तथा रेविज विरुद्धको भाक्सिनेसन भइरहेको जानकारी दिए ।
‘
रेबिजको अन्त्य सहकार्य र भ्याक्सिनेसन’ नारासहित मङ्गलबारदेखि एक सातासम्म रेबिज विरुद्धको निःशुल्क खोप लगाउन अभियान शुरु गरेको नगरपालिकाका प्रम्ख प्रशासकीय अधिकृत लोक बहादुर भण्डारीले जानकारी दिए ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।





















