८ असोज २०७७
धुलिखेल । काभ्रेमा आज –विहिबार) १८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य कार्यालय, काभ्रेका प्रमुख डा.नरेन्द्रकुमार झाका अनुसार आज पुष्टि भएको संक्रमितहरुमा बनेपा नगरपालिकाका ९ पुरुष र १ महिला, धुलिखेल नगरपालिकाका ४ पुरुष, मण्डनदेउपुर नगरपालिकाका १ महिला, भुम्लु गाउँपालिकाका १ पुरुष र १ महिला, बेथानचोक गाउँपालिकाका १ पुरुष रहेका छन् ।
यससँगै काभ्रेमा संक्रमित संख्या ५ सय ७० पुगेको छ । जसमा महिला १ सय ९५ जना र पुरुष ३ सय ७५ जना रहेका छन् । निको भैसकेका संख्या जम्मा ३ सय ७६ रहेका छन् । जसमा महिला १ सय ४४ जना र पुरुष २ सय ३२ जना रहेका छन् ।
त्यसैगरि काभ्रेमा सक्रिय संक्रमित संख्या १ सय ८८ जना रहेका छन् । जसमा महिला ४५ जना र पुरुष १४३ जना रहेका छन् । सक्रिय संक्रमितहरु मध्य १२६ जना अस्पतालको आइसोलेशनमा र ६२ जना होम आइसोलेशनमा रहेका छन् ।
त्यसैगरि हालसम्म काभे्रभन्दा बाहिर अस्पताल आइसोलेशनमा १६ पुरुष र ४ महिला र होम आइसोलेशनमा ३ महिला र २ पुरुष गरी २५ जना रहेका छन् ।
काभ्रे जिल्लामा कोरोना संक्रमणबाट ४ पुरुष र ५ महिला गरी ९ जनाको मृत्यु भएको छ भने जसमध्य २ पुरुष र १ महिला अन्य जिल्लाका रहेका छन् ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।