८ असोज २०७७
धुलिखेल । काभ्रेका बैंकीङक कसुर मुद्दामा फरार रहेकी एकजाना महिला पक्राउ परेकी छिन् । पक्राउ पर्नेमा बनेपा नगरपालिका वडा नं. ४ श्रीखण्डपुर टोल बस्ने मिन बहादुर के.सी.को छोरी वर्ष ५६ की जयन्ती के. सी. रहेकी छिन् ।
जिल्ला प्रहरी कार्यालय, काभ्रेका सूचना अधिकारी डिएसपी कुमार विक्रम थापाका अनुसार ईलाका प्रहरी कार्यालय बनेपाबाट खटिएको प्रहरी टोलीले लुकीछिकी बसी रहेको अवस्थामा के.सी.लाई पक्राउ गरिएको थियो । केसीलाई बैंकीङ कसूर मुद्दामा उच्च अदालत पाटनले २०७१।०१।२९ गते रु. ९ करोड ४७ लाख ९२ हजार १ सय जरिवाना र ३ वर्ष कैद फैसला गरेको थियो ।
पक्राउ परेकी उनलाई काभ्रेपलाञ्चोक जिल्ला अदालत, धुलिखेलमा पेश गरीएकोमा अदालतको आदेश अनुसार कैद जरिवाना भुक्तानको लागि कारागार पठाइएको डिएसपी थापाले जानकारी दिए ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।



















