९ असोज २०७७
धुलिखेल । काभ्रे जिल्लाको नमोबुद्ध नगरपालिका वडा नं. २ स्थित सेल्फीडाँमा पहिरो जाँदा विपीराजमार्ग अबरुद्ध भएको छ ।
आज (शुक्रबार) विहान ६ः१५ बजेतिर गएको पहिरोका कारण सडक अबरुद्ध भएको हो ।

नमोबुद्ध नगरपालिका वडा नं. २ का वडा अध्यक्ष तथा प्रवक्ता सन्जीब ढकालकाका अनुसार पहिरो हटाउने क्रम जारी रहेको छ । ‘हामी हटाउने क्रममा छौं ।’ ढकालले भने, ‘मानवीय वा सवारी साधनमा कुनै क्षति भएको छैन ।’

निरन्तर परेको अविरल वर्षाका कारण सडक अबरुद्ध हुने क्रम जारी रहेको छ ।

तस्बीरः नमोबुद्ध नगरपालिका वडा नं. २ का वडा अध्यक्ष सञ्जीव ढकालबाट

Comments

comments