९ असोज २०७७
नमोबुद्ध । काभ्रे जिल्लाको नमोबुद्ध नगरपालिकाको आयोजनामा व्यक्तिगत घटना दर्ता तथा सामाजिक सुरक्षा व्यवस्थापनसम्बन्धी तालिम आजदेखी भकुन्डेबेसीमा सुरु भएको छ ।
भोलिसम्म सञ्चालन हुने दुई दिने तालिमको नगर प्रमुख टिपी शर्मा तिमल्सिनाले उद्घाटन गरेका छन् । तालिममा नगरपालिका अन्तर्गत सबै वडा कार्यालयका वडा सचिवसहित नगरपालिकाका कर्मचारी सहभागी छन् । सहभागीहरूलाई धुलिखेल नगरपालिकाका अधिकृत गायत्रीरमण घिमिरे र राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागका अधिकृत निर्मल शर्माले प्रशिक्षण दिनेछन् ।
तालिमको उद्घाटन गर्दै नगर प्रमुख टिपी शर्मा तिमल्सिनाले कर्मचारी सक्षम बनेमात्र सेवाग्राहीले सहजरुपमा सेवा पाउने वताए । राम्रो काम गर्नेलाई पुरस्कृत र गलत गर्नेलाई नसिहत दिने व्यवस्था गर्नुपर्ने बताउँदै नगरपालिकाका सबै कर्मचारीसँग कार्य सम्पादन सम्झौता गर्न लागेको पनि उहाँले जानकारी दिए ।
कार्यक्रममा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत भोलाप्रसाद चापागाइले नगरपालिकाले सबै पुराना अभिलेखलाई डिजिटलाइज्ड गर्न लागेको वताउँदै अहिलेको तालिमले त्यसमा थप सहयोगी भूमिका खेल्ने वताए ।
सबै वडाबीच नेटवर्किङका लागि नगरले योजना तयार पारेको उनले बताए ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।