१० असार २०७७
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्व सरकारले मन्त्रिपरिषद् पुनर्गठन प्रक्रिया अघि बढाएको छ। मन्त्रिपरिषद् पुनर्गठनबारे प्रधानमन्त्री ओलीले नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग परामर्श गरिरहेका छन्।
प्रधानमन्त्री ओली र अध्यक्ष दाहाल मन्त्रिपरिषद् पुनर्गठनको विषयमा निरन्तर रूपमा गृहकार्य गरिरहेका छन्। यसअघि शीर्ष नेताहरूबीच भागबण्डाकै आधारमा मन्त्रिपरिषद् हेरफेर हुने गरेको थियो। तर, भदौ २६ गते बसेको स्थायी कमिटीको बैठकले निश्चित मापदण्डको आधारमा मन्त्रीहरू हेरफेर गर्नुपर्ने निर्णय गरेको छ।
सचिवालयका सदस्यको सुझाव, अध्यक्षद्वयको आपसी परामर्शरसहमति र निश्चित मापदण्डको आधारमा संघीय मन्त्रिपरिषद् हेरफेर गर्नुपर्ने हुन्छ। जसमा योग्यता, क्षमता, निष्ठा, निरन्तरता, योगदान र राष्ट्रिय दृष्टिले सन्तुलन कायम हुनेगरी मापदण्ड निर्धारण गर्नुपर्ने निर्णय छ।
त्यसो त स्थायी कमिटीले एकतर्फी निर्णय गरिरहेको भएपनि अन्ततः मन्त्रिपरिषद् पुनर्गठन भागबण्डामा आएर टुंगोमा पुग्ने देखिएको छ। असोज ४ गतेको बसेको सचिवालय बैठकले मन्त्रिपरिषद् हेरफेर गर्नु कुरा प्रवेश गरेपछि त्यसबारेमा थप छलफल भइरहेको छ।
मन्त्रिपरिषद् पुनर्गठनको क्रममा मापदण्ड तोकिएको भएपनि मुख्य गरी अध्यक्षद्धयको सहमतिपछि अघि बढ्ने सोही दिन प्रवक्ता नारायणकाजी श्रेष्ठले बताएका थिए।

Comments

comments