१० असोज २०७७
धुलिखेल । काभ्रेमा आज (शनिबार) १४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य कार्यालय, काभ्रेका प्रमुख डा. नरेन्द्रकुमार झाका अनुसार आज पुष्टि भएको संक्रमितहरुमा बनेपा नगरपालिकाका २ जना महिला, पाँचखाल नगरपालिकामा ९ पुरुष र २ महिला मण्डनदेउपुर नगरपालिकाका १ महिला रहेका छन् ।
यससँगै काभ्रेमा संक्रमित संख्या ५ सय ९६ पुगेको छ । जसमा महिला २ सय ४ जना र पुरुष ३ सय ९२ जना रहेका छन् । निको भैसकेका संख्या जम्मा ३ सय ८४ रहेका छन् । जसमा महिला १ सय ४७ जना र पुरुष २ सय ३७ जना रहेका छन् ।
त्यसैगरि काभ्रेमा सक्रिय संक्रमित संख्या २ सय ६ जना रहेका छन् । जसमा महिला ५१ जना र पुरुष १५५ जना रहेका छन् । सक्रिय संक्रमितहरु मध्य १ सय ३८ जना अस्पतालको आइसोलेशनमा र ६८ जना होम आइसोलेशनमा रहेका छन् ।
त्यसैगरि हालसम्म काभ्रे भन्दा बाहिर अस्पताल आइसोलेशनमा १६ पुरुष र ४ महिला र होम आइसोलेशनमा ४ महिला र २ पुरुष गरी २६ जना रहेका छन् ।
काभ्रे जिल्लामा कोरोना संक्रमणबाट ४ पुरुष र ५ महिला गरी ९ जनाको मृत्यु भएको छ भने जसमध्य २ पुरुष र १ महिला अन्य जिल्लाका रहेका छन् । आज निको भइ ३ जना घर फर्केकाछन् ।

Comments

comments