११ असोज २०७७
रोशी । काभ्रे जिल्ला रोशी गाउँपालिका वडा नं. ११, काभ्रेका स्थायी बासिन्दा समाजसेवी तथा युवा व्यवसायी अजय बुद्ध लामा आफ्नो जन्मदिन आफ्नै गाउँको एक विद्यालय पुगेका छन् । आफ्नो जन्मदिनको उपलक्षमा शैक्षिक सामाग्री लिएर लामा विद्यालय पुगेका हुन् ।
पंचबुद्ध युवा क्लबका अध्यक्ष समेत रहेका लामाले आफ्नो जन्म दिनको अवसरमा रोशी गाउँपालिका वडा नं ११ कालढुंगामा रहेको शान्ति बुद्ध आधारभुत विद्यालयलाई ल्यापटप एकथान र स्टेशनरी सामाग्री शनिबार हस्तान्तरण गरेका छन् । फल्तु खर्च गरेर जन्मदिन मनाउनुको सट्टामा सामाजिक कार्यमा खर्च गर्नु उचित लागेर विद्यालयलाई सहयोग गरेको उनले बताए ।
यसैबीच आफू रोशी गाउँपालिका अध्यक्ष डि.वी. लामाबाट अभिप्रेरित भएर पनि यसरी सामाजिक कार्यमा खर्च गर्न थालेको बताए । यस अघि पनि उनले विभिन्न ठाउँमा सहयोग गर्दै आएका छन् ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।