११ असोज २०७७
धुलिखेल । काभ्रेमा आज (आइतबार) ४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने २१ जना निको भई डिस्चार्ज भएका छन् ।
स्वास्थ्य कार्यालय, काभ्रेका प्रमुख डा. नरेन्द्रकुमार झाका अनुसार आज पुष्टि भएको संक्रमितहरुमा मण्डनदेउपुर नगरपालिकाका १ जना पुरुष, पाँचखाल नगरपालिकाका १ जना महिला, रोशी गाउँपालिकाका १ जना महिला र नमोबुद्ध नगरपालिकाका १ जना पुरुष रहेका छन् ।
यससँगै काभ्रेमा संक्रमित संख्या ६ सय पुगेको छ । जसमा महिला २ सय ६ जना र पुरुष ३ सय ९४ जना रहेका छन् । निको भैसकेका संख्या जम्मा ४ सय ५ रहेका छन् । जसमा महिला १ सय ५७ जना र पुरुष २ सय ४८ जना रहेका छन् ।
त्यसैगरि काभ्रेमा सक्रिय संक्रमित संख्या १ सय ४१ जना रहेका छन् । जसमा महिला ४१ जना र पुरुष १४८ जना रहेका छन् । सक्रिय संक्रमितहरु मध्य १ सय २९ जना अस्पतालको आइसोलेशनमा र ६० जना होम आइसोलेशनमा रहेका छन् ।
त्यसैगरि हालसम्म काभ्रे भन्दा बाहिर अस्पताल आइसोलेशनमा १२ पुरुष र ३ महिला र होम आइसोलेशनमा ४ महिला र २ पुरुष गरी २१ जना रहेका छन् ।
काभ्रे जिल्लामा कोरोना संक्रमणबाट ४ पुरुष र ५ महिला गरी ९ जनाको मृत्यु भएको छ भने जसमध्ये २ पुरुष र १ महिला अन्य जिल्लाका रहेका छन् ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।