१३ असोज २०७७
चौंरीदेउराली । काभ्रे जिल्लाको चौरीदेउराली गाँउपालिकाले साताव्यापी रेविज विरुद्धको खोप कार्यक्रम शुरु गरेको छ । मंगलबारबाट खोप कार्यक्रम सुरु गरिएको हो ।
१४ औं विश्व रेविज दिवसको अवसरमा गाँउपालिकाले साताव्यापी रेविज विरुद्धको खोप कार्याक्रम संञ्चालन गरेको गाँउपालिकाका प्रमुख प्रशासकीय अधिकृत महानदास लामाले जानकारी दिए ।
यो कार्यक्रम अन्तर्गत गाउँपालिका भित्र रहेका घरपालुवा तथा समुदायिक कुकुर र बिरालोलाई रेविज बिरुद्धको खोप निःशुल्क लगाउने छ । यसको लागि गाउँपालिकाले सबैलाई अनुरोध समेत गरेको छ ।
यो कार्यक्रम मंगलबारदेखि आगामी २१ गतेसम्म सञ्चालन हुने गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख तेज घिसिङ जानकारी दिए । घिसिङका अनुसार यो कार्यक्रम सबै वडामा गरिने छ ।

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।